back

अमेरिकी उपमहान्यायाधिवक्ताको पनि राजिनामा

वि.सं.२०७५ पुस २७ शुक्रवार

93 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

२७ पुस, वासिङ्टन डिसि ।  अमेरिकी उच्च अधिकारीहरूले राजिनामा दिने क्रममा उप महान्यायाधिवक्ताले पनि राजिनामा दिन लागेका हुन् ।

निर्वाचनका बेला रुसको संलग्नताका बारेमा अनुसन्धान गर्ने जिम्मेवारीमा रहनुभएका उप महान्यायाधिवक्ता रोड रोसेन्स्टैनले राजिनामा दिन लागेका हुन् ।

महान्यायाधिवक्तामा मनोनित विलियम बारले पनि राजिनामा दिने अपेक्षा गरिएको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।

तर उनलाई राजिनामा दिन दवाव नपरेकाले उनले राजिनामा नदिनु भएको पनि समाचारमा उल्लेख छ ।

उपमहान्यायधिवक्ता रोसेन्स्टेनले भने राजिनामा दिने आफ्नो निर्णयका बारेमा ह्वाईट हाउस र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराईसकेको बताएका छन् ।

ट्रम्पले यसअघिका महान्यायाधिवक्ता जेफ सेसन्सलाई पनि बर्खास्त गर्नु भएको थियो । सेसन्सले राष्ट्रपतिसमक्ष दिएको राजीनामामा महान्यायाधिवक्ताको पद छाड्ने निर्णय आफ्नो नभएको स्पष्ट पारेका थिए । उनले राष्ट्रपतिको आग्रहमा आफूले राजीनामा दिन लागेको उल्लेख गरेका थिए ।

विगत केही महिनाको अवधिमा दर्जन भन्दा बढी उच्च पदस्थ सरकारी अधिकारीहरूले राष्ट्रपति ट्रम्पसँगको सहकार्य तोडिसकेका छन् ।

कतिपयलाई राष्ट्रपति ट्रम्पले निस्कासन गर्नु भएको हो भने कतिपयले काम गर्न नचाहेको भन्दै पद त्याग गरेका छन् ।

गृह मन्त्री रयन जिङ्क, राष्ट्रसंघका लागि अमेरिकी प्रतिनिधि निक्की हेली, रक्षा मन्त्री जेम्स माटिस, विदेश मन्त्रालयका मुख्य कर्मचारी रेयर एड्माइरल केभीन स्विनीलगायतले गत केही महिनामा राजिनामा दिनु भएको छ ।

वि.सं.२०७५ पुस २७ शुक्रवार १०:०९ मा प्रकाशित

मध्य गाजामा इजरायली बमबारीमा ४० को मृत्यु

मध्य गाजामा इजरायली बमबारीमा ४० को मृत्यु

गाजा। मध्य गाजापट्टीमा इजराइली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु...

अमेरिकी निजी यान ५० वर्षभन्दा बढी समयपछि पहिलोपटक चन्द्रमामा अवतरण

अमेरिकी निजी यान ५० वर्षभन्दा बढी समयपछि पहिलोपटक चन्द्रमामा अवतरण

केप कानाभेरल (अमेरिका) । एक निजी यानले बिहीबार ५० वर्षभन्दा...

चीनसँगको सहकार्य थप प्रगाढ बनाउँदै नर्वेका प्रधानमन्त्री

चीनसँगको सहकार्य थप प्रगाढ बनाउँदै नर्वेका प्रधानमन्त्री

किर्कनेस, नर्वे । नर्वेजियन प्रधानमन्त्री जोनास गाहर स्टोरले चीनसँगको सहकार्य...

मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा इजरायली आक्रमणमा १७ को मृत्यु

मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा इजरायली आक्रमणमा १७ को मृत्यु

गाजा । मध्य गाजापट्टीको नुसिरात शरणार्थी शिरिमा एक घरमा इजराइलले...

तीव्र आँधीको आशङ्कामा मरिससद्वारा उडानहरू रद्द

तीव्र आँधीको आशङ्कामा मरिससद्वारा उडानहरू रद्द

पोर्ट लुइस (मरिसस) । मरिससले बिहीबार हिन्द महासागरको द्वीपमा बलियो...

अन्तरिक्षमा आणविक हतियार राख्ने रुसको कुनै मनसाय छैन : पुटिन

अन्तरिक्षमा आणविक हतियार राख्ने रुसको कुनै मनसाय छैन : पुटिन

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तरिक्षमा आणविक हतियार राख्ने...