back
CTIZAN AD

विद्युत चुहावट गर्ने २४ जना पक्राउ

वि.सं.२०७५ पुस २७ शुक्रवार

597 

shares

२७ पुस, लहान । हुकिङ गरी विद्युत् चुहावट गर्ने दुई दर्जन व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरेको छ ।

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट २४ जनालाई पक्राउ गरेको हो ।

विद्युत् चुहाबट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा सबै जनालाई नियन्त्रणमा लिइएको विद्युत् प्राधिकरण लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिए ।

पक्राउ गरिएका सबैमाथि विद्युत् चुहावट ऐनअन्तर्गत कारवाही गरी रु दुई लाख ६० हजार राजश्व असुली गरेको प्रमुख यादवले बताए । सो क्रममा विद्युत् मिटर, पङ्खा र टिभीलगायतका समानसमेत बरामद गरिएको छ ।

डेढ लाखको अवैध समान बरामद

प्रहरीको टोलीले सिरहाको विभिन्न स्थानबाट करीब रु डेढ लाख बराबरको अवैध समान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रूपमा चोरीपैठारी गरिरहेको अवस्थामा अवैध तुलसी ७५ प्याकेट र ब्ल्याक चुरोट ७५ प्याकेटलगायत रु ९५ हजार मूल्य बराबरको समान बरामद गरेको छ ।

यस्तै प्रहरी चौकी औरहीबाट खटिएको टोलीले पाइन्ट, सर्टको कपडा, धोतीलगायतका करीब रु ४५ हजार मूल्य बराबरको अवैध कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

वि.सं.२०७५ पुस २७ शुक्रवार १०:५० मा प्रकाशित

Himalayan Life AD
एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

चितवन । रोजगारीका लागि विदेश गएर फर्किएका कामदारमा यौन रोगको...

तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

दमौली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला दलहरूबीच सहकार्य हुँदै आएको छ : संयोजक दाहाल

मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला दलहरूबीच सहकार्य हुँदै आएको छ : संयोजक दाहाल

गलकोट (बागलुङ) । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल...

निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

सोलुखुम्बु । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी...

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई यही फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई यही फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य हुँदै

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन आउँदो फागुन...