back

कर्णाली प्रदेशले माघ १ गते बिदा दिने

वि.सं.२०७५ पुस २७ शुक्रवार

375 

shares
GLOBAL IME AD
NTC AD

२७ पुस, सुर्खेत । कर्णाली प्रदेश सरकारको ३३औँं मन्त्रिपरिषद् बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा कानूनमन्त्री नरेश भण्डारीले बताए , “मन्त्रिपरिषद्को ३३औँं बैठकबाट माघ १ गते ‘माघे सङ्क्रान्ति’ मा सार्वजनिक बिदा दिने निर्णय भएको छ ।”

उनले आफ्नै संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक बिदा निर्धारण सुझाव समिति गठन गरिनाका साथै सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश युवा परिषद् गठन गर्न बनेको विधेयक, घरेलु हिंसा नियन्त्रण गर्न बनेको विधेयक र उपभोक्ता हित संरक्षण सम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरिएको बताए ।

यसैगरी कर्णाली प्रदेश स्वयंसेवक परिचालन कार्यविधि स्वीकृत गरिनाका साथै कनकासुन्दरी गाउँपालिकाको नाम परिवर्तन गर्ने प्रस्तावलाई छलफलका लागि मन्त्रिपरिषद्को राजनीतिक समितिमा पठाइने जानकारी दिँदै उनले आजैबाट कर्णाली प्रदेशलाई कागजबिहिन गराइएको बताए ।

वि.सं.२०७५ पुस २७ शुक्रवार १४:३६ मा प्रकाशित

भ्रष्टाचारविरुद्ध अभियान आवश्यक : नारायणकाजी श्रेष्ठ

भ्रष्टाचारविरुद्ध अभियान आवश्यक : नारायणकाजी श्रेष्ठ

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं...

आजको मौसम : पहाडी भू भागमा आंशिक बदली हुने पूर्वानुमान

आजको मौसम : पहाडी भू भागमा आंशिक बदली हुने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको...

बाढीले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

बाढीले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको...

जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सिटिइभिटी

जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सिटिइभिटी

चितवन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले ‘एसइई’मा...

देवचुली पर्यटन पदमार्गको सम्भाव्यता अध्ययन कार्यको शुरुवात

देवचुली पर्यटन पदमार्गको सम्भाव्यता अध्ययन कार्यको शुरुवात

काठमाडौँ । देवचुली नगरको दिर्घकालिन पर्यटन विकास गर्ने उद्देश्यका साथ...

तीन हजारभन्दा बढीले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

तीन हजारभन्दा बढीले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य ह्वात्तै घट्ेको छ...