back

छ सय साहित्यकारको नाम समेटिएको ‘अनुवादक परिचय कोष’ प्रकाशन

वि.सं.२०७५ पुस २७ शुक्रवार

2.1K 

shares

 

फाइलःफोटो

अच्युत रेग्मी, २७ पुस, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली साहित्यलाई विश्वमाझ चिनाउन र विश्वका साहित्यलाई नेपालमाझ चिनाउन महत्वपूर्ण भूमिका खेल्ने अनुवादक साहित्यकारलाई समेटेर ‘अनुवादक परिचय कोष’ प्रकाशनमा ल्याएको छ ।

नेपालको भाषा र साहित्यको विकासका क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको प्रतिष्ठानले नेपाली, संस्कृत, अङ्ग्रेजी, हिन्दी, उर्दू, चिनियाँ, जापानी, जर्मन, फ्रेन्च, बङ्गाली, असमिया, नेपालभाषा, मैथिली, भोजपुरी अवधिलगायतमा अनुवाद गर्ने ६०० अनुवादक साहित्यकारलाई समावेश गरी उक्त कोष प्रकाशनमा ल्याएको हो ।

विसं २०६५ मा स्थापना भएको अनुवाद विभागको सक्रियतामा पहिलोपटक अनुवादक साहित्यकारका बारेमा लेखिएको ‘अनुवादक परिचय कोष’ प्रकाशन गरिएको हो । अनुवाद गरिएका ग्रन्थको सूची विसं २०५९ मा प्रकाशन भइसके पनि अनुवाद गर्ने साहित्यकारको नाम भने पहिलोपटक प्रकाशित भएको हो ।

प्रा डा गोविन्दराज भट्टराई प्रधान सम्पादक तथा प्रा डा योगेन्द्र यादव, जयदेव भट्टराई, बलराम अधिकारी, नवीन चित्रकार र माधवप्रसाद लामिछाने सम्पादक रहेको पुस्तकमा स्वदेश तथा विदेशमा बसेर नेपाली भाषा र साहित्यमा कलम चलाउँदै आउनुभएका अनुवादक साहित्यकारलाई समावेश गरिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती स्वदेशी तथा विदेशी साहित्य आदानप्रदान गर्नका लागि अनुवादक साहित्य कोषले महत्वपूर्ण भूमिका खेल्ने भएकाले प्रतिष्ठानले उक्त कोष प्रकाशनमा ल्याएको बताउँछन् । “ आगामी दिनमा प्रज्ञा–प्रतिष्ठानले अनुवादक साहित्यलाई झन महत्व दिएर अगाडि बढ्छ”, उनी भन्छन् ।

पुस्तकमा अभि सुवेदी, अनिशा रिमाल, अनुराधा शर्मा, आशाकाजी बज्राचार्य, ए. एम स्याङ्देन, ए. डब्लु कर्नेलिअस, ए.डी मोलोनी, कुलमणि देवकोटा, केशरशमशेर जबरा, गीता मानन्धर, रमेश विकललाई समावेश गरिएको छ ।

यस्तै कोषमा शङ्कर कोइराला, शरदचन्द्र वस्ती, विजय चालिसे, डेविट रुवीन, टी। डब्लु क्लार्क, जोन बिम्स, जयराज आचार्य, चक्रपाणि चालिसेलगायत स्वदेशी तथा विदेशी साहित्यकारहरुको परिचयलाई समावेश गरिएको छ ।

अनुवाद विभागका प्रमुख प्राडा उषा ठाकुरले स्वदेशी तथा विदेशी भाषा साहित्यलाई विश्वमा सञ्चार गर्ने माध्याम नै अनुवाद साहित्य भएकाले यसलाई प्रष्ठिानले छुट्टै विभाग बनाएर काम गरेको बताए । “पहिलो चरणमा ६०० अनुवादक साहित्यकारको नाम समावेश गरेर पुस्तक प्रकाशनमा ल्याएपनि यसलाई विस्तारै परिमार्जन गर्दै लैजान्छौँ,”– उनी भन्छन् ।

प्रज्ञा प्रतिष्ठानको अनुवाद विभागले पछिल्लो समय ‘रनमाया उपन्यास’ अङ्ग्रजी भाषामा अनुवाद, ‘संस्कृतिका पौराणिक आख्यानहरु’ नेपाली अनुवाद, ‘देवदास उपन्यास’ नेपाली अनुवाद, ‘रवीन्द्रनाथ टैगोर की प्रतिनिधि कहाँनिया’ नेपाली अनुवाद, ‘सार्क मुलुकका महिला कथाकारका कथा’ लाई नेपालीमा अनुवाद गरेको छ ।

यसैगरी ‘विश्वका प्रसिद्ध कथाकारहरुका कथा’ नेपाली अनुवाद, ‘विश्वका प्रसिद्ध महिला कथाकारका कथाहरु’ नेपाली अनुवाद, ‘द रिभल मर्निङ’ ‘सुकर्म उपन्यास’ हिन्दी अनुवाद, ‘चम्पा उपन्यास’ हिन्दी अनुवाद, ‘अनुराधा उपन्यास’ हिन्दी अनुवाद, ‘विलियम शेक्सपियरका नाटक’ नेपाली अनुवाद, ‘नेपाली र हिन्दीका प्रतिनिधि कविताहरु’ अवधि अनुवाद, ‘सोमली र सोहागिन मैथली कथासङ्ग्रह’ नेपाली अनुवाद गरेको हो ।

साहित्यकार डा विष्णुविभु घिमिरे विश्वका सबै व्यक्तिलाई विश्वमा बोलिने सबै भाषाको ज्ञान नहुने भएकाले अनुवाद साहित्यको महत्व पछिल्लो चरणमा झन् बढेर गएको बताउँछन् । रासस

 

वि.सं.२०७५ पुस २७ शुक्रवार १४:४९ मा प्रकाशित

Himalayan Life AD
सुनचाँदीको मूल्य बढेकोबढ्यै

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौँ । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा...

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

काठमाडौ । अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी...

निर्वाचन ७८ दिन बाँकीः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

निर्वाचन ७८ दिन बाँकीः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौ । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग...

राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिलबहादुरले दिए राजीनामा

राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिलबहादुरले दिए राजीनामा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले पदबाट...

विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड

विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड

काठमाडौँ । देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए...

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौँ । नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ...