back

महिला क्रिकेट : उद्घाटन खेलमा नेपालले चीनसँग खेल्ने

वि.सं.२०७५ पुस २७ शुक्रवार

495 

shares

२७ पुस, काठमाडौँ । थाइल्याण्डमा हुने महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली महिला टोलीले चीनको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ ।

भोलि शनिबारदेखि आगामी माघ ५ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा हङ्कङ, थाइल्याण्ड, इण्डोनेसिया, भुटान र म्यान्मा छन् ।

नेपालले आफ्नो दोस्रो खेल यही पुस २९ गते मलेसियासँग, तेस्रो खेल ३० गते संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्ने छ भने अन्तिम खेल माघ २ गते थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । समूहमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

नेपाली टोलीमा कप्तानको भूमिका रुविना क्षेत्री रहेका छन् उपकप्तानको जिम्मेवारी सीता रानामगरले पाएकी छिन् । त्यसैगरी टोलीको अन्य सदस्यमा करुणा भण्डारी, डोली भट्ट, ममताकुमारी चौधरी, बिन्दु रावल, सरिता मगर र नेरी थापा रहेका छन् ।

अन्य खेलाडीमा त्यस्तै इन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर छन् । वैकल्पिकतर्फ रीताकुमारी कञ्जुनिया, सुमन विष्ट र सवनम राई हुनुहुन्छ । टोलीको प्रशिक्षकमा विनोद दास रहेका छन् । प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली आजै त्यसतर्फ प्रस्थान गर्नेछ ।

वि.सं.२०७५ पुस २७ शुक्रवार १४:५४ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

  झापा ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि...

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष...

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल...