back
CTIZAN AD

किशोरीलाई एक हप्ते आत्मरक्षा तालीम

वि.सं.२०७५ पुस २७ शुक्रवार

594 

shares

२७ पुस, भरतपुर । महिला हिंसाका घटना न्यूनीकरण गर्ने उद्देश्ले प्राज्ञिक विद्यार्थी परिषद् चितवनले किशोरीलाई ‘आत्मरक्षा तालीम’ दिएको छ ।

पहिलो चरणअन्तर्गत जिल्लाका ११३ जना किशोरीलाई एक हप्ते आत्मरक्षा तालीम दिइएको हो ।

भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसको खुला चौरमा दिउँसो २ बजेपछि तालीम सञ्चालन गरिएको छ । तालीममा सहभागी किशोरीले आफँै तालीम दिनेछन् । पछाडिबाट कसैले आएर आक्रमण गर्दा, हिँड्दा हिँड्दै हात समात्न खोजे, कसैले तानेर भित्तामा टसाएर अभद्र व्यवहार गर्न खोजे वा सामूहिकरुपमै कसैले आक्रमण गर्न खोजो कसरी बच्न सकिन्छ भन्नेबारेमा तालीम दिइएको कार्यक्रम संयोजक पूजा भुसालले जानकारी दिए ।

“पहिलो चरणमा तालीम लिएका किशोरीले दोस्रो चरणमा आफैँ विद्यालयमा पुगेर तालीम दिनेछन्”, उनले भनिन् “माघ महीनादेखि स्कूल÷स्कूलमा अभियान चलाउँछौँ ।” किशोरीलाई शारीरिकसँगै मानसिकरुपमा पनि बलियो बनाउ भन्ने उद्देश्यले विभिन्न क्षेत्रका विज्ञबाट तालीम दिइएको भुसालले बताइन् ।

महिलामा बल भए पनि आत्मविश्वासका कमीका कारण उनीहरु हिंसाको सिकार हुनुपरेको उल्लेख गर्दै भुसालले आत्मरक्षा तालीमले महिलाको आत्मबल बढाउने विश्वास व्यक्त गर्नुभयो । किशोरीलाई जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका प्रशिक्षक कुमार श्रेष्ठलगायतले प्रशिक्षण दिएका छन् ।
यसअघि जिल्लामा राष्ट्रिय खेलकूद परिषद्ले पनि महिला तथा किशोरीलाई आत्मरक्षा तालीम दिएको थियो ।

माडीमा स्नाकोत्तर तहको पढाइ हुने

चितवनको माडीमा पहिलोपटक स्नाकोत्तर तहको अध्यापन हुने भएको छ ।

स्नातकसम्म अध्ययन÷अध्यापन गराउँदै आएको माडी क्याम्पसले यसै वर्षबाट स्नातकोत्तरको अध्यापन गराउने गरी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको विद्यालयका निमित्त क्याम्पस प्रमुख नेत्रप्रसाद गौतमले जानकारी दिए ।

“तीन विषय नेपाली, अङ्ग्रेजी र जनसङ्ख्या अध्यापनका लागि आवेदन दिएका हौँ”, गौतमले भने, यिनै विषय अध्ययनका लागि तयारी गरेका छौँ ।” उनले स्नाकोत्तर अध्ययन माडीमै हुने भएपछि भरतपुर र काठमाडौँ जानुपर्ने बाध्यता हट्ने बताए ।

क्याम्पसले स्नातक तहमा व्यवस्थापन सङ्कायमा बिबिएस र शिक्षा सङ्कायमा नेपाली, अङ्ग्रेजी र जनसङ्ख्याको अध्ययन गराउँदै आएको छ ।

माडीमा यसै वर्षदेखि दीवाकर स्मृति प्राविधिक शिक्षालय पनि स्थापना गरिएको छ । सिभिल इञ्जिनीयरिङ र भेटनरीको अध्यापन यसै वर्षदेखि शुरु गरिएको छ भने आगामी वर्षदेखि फार्मेसी कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।

माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले नगरपालिकाले प्राविधिक शिक्षामा जोड दिँदै आएको बताए । गाउँमै रोजगार प्रदान गर्ने खालको शिक्षा नगरवासीलाई प्रदान गर्नेगरी शैक्षिक योजना निर्माण गरिएको उनको भनाइ छ ।

वि.सं.२०७५ पुस २७ शुक्रवार १६:२० मा प्रकाशित

Himalayan Life AD
फेवातालमा कार खस्दा २४ वर्षीय युवकको मृत्यु

फेवातालमा कार खस्दा २४ वर्षीय युवकको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक...

यी हुन् कास्कीका ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदानस्थल

यी हुन् कास्कीका ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदानस्थल

गण्डकी । कास्की जिल्लामा आसन्न निर्वाचनमा ५६ अति संवेदनशील र...

पाथीभरा दर्शनपछि चुनावी परामर्शमा प्रधानमन्त्री कार्की

पाथीभरा दर्शनपछि चुनावी परामर्शमा प्रधानमन्त्री कार्की

फुङ्लिङ (ताप्लेजुङ) । प्रधानमन्त्री सुशीला कार्कीले ताप्लेजुङमा अवस्थित पाथीभराको दर्शन...

जसपाको घोषणापत्र सार्वजनिक

जसपाको घोषणापत्र सार्वजनिक

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधिसभा सदस्य...

भयरहित वातावरणमा निर्वाचन गर्न सरकारका तर्फबाट कुनै कमी हुँदैन ः गृहमन्त्री अर्याल

भयरहित वातावरणमा निर्वाचन गर्न सरकारका तर्फबाट कुनै कमी हुँदैन ः गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ,...

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मकः राष्ट्रपति

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मकः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय...