
२८ पुस, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको कार्यदलले शिक्षा मन्त्रालय वा विश्वविद्यालयबाट मनसायपत्र (एलओआइ) लिएका समेत कुनै पनि निजी कलेजलाई सम्बन्धन नदिन प्रस्ताव गरेको छ ।
कार्यदलले शुक्रबार शिक्षामन्त्री गिरीराज मणि पोखरेललाई बुझाएको, विश्वविद्यालयहरुले सम्बन्धनमा अपनाउनुपर्ने प्रक्रिया वा मार्गनिर्देशन ‘प्रतिवेदन २०७५’ मा मनसाय पत्र लिएर प्रक्रियामा रहेका सहित कुनै पनि निजी कलेजलाई तत्काल सम्बन्धन नदिन सुझाव दिइएको छ ।
संघीय र प्रादेशिक ढाँचामा विश्वविद्यालयको स्वरुप निश्चित भइसकेकाले हाललाई कुनैपनि निजी कलेजलाई सम्बन्धन दिन उपयुक्त नहुने ठहर प्रतिवेदनमा छ । संघीय प्रादेशिक विश्वविद्यायलको स्वरुप निश्चित र राष्ट्रिय आवश्यकता पहिचान गरी निजी कलेजलाई सम्बन्धन दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ । आजको नागरिक दैनिकबाट
वि.सं.२०७५ पुस २८ शनिवार ०८:२२ मा प्रकाशित




























