back
CTIZAN AD

एनआरएनएको विश्व सम्मेलन अक्टोबर १३ देखि १६ सम्म

वि.सं.२०७५ पुस २८ शनिवार

795 

shares


२८ पुष, काठमाण्डौं । गैरआवासीय नेपाली संघको ९ औं विश्व सम्मेलन अक्टोबर १३ देखि १६ सम्म आयोजना गरिने भएको छ । संघको वार्षिक समिक्षा एवं आगामी रणनीति तय गर्न काठमाण्डौमा शुक्रबार आयोजित अन्तराष्ट्रिय समन्वय समितिको प्रत्यक्ष बैठकमा सो निर्णय गरिएको हो । कार्यक्रममा सन् २०१८ मा संघले गरेका विविध कार्यक्रमको समिक्षा गरिएको थियो ।
यसैबीच बैठकले बहुप्रतिक्षित गोरखाको लारपाकमा निर्माणाधिन एकीकृत वस्तीको निर्माण सम्पन्न गरी आगामी बैशाख १२, २०७६ मा हस्तान्तरण गर्ने निर्णय समेत गरेको छ । यस्तै जनकपूरको जानकी मन्दिरमा विद्युतीय उपकरण जडान गर्ने योजना समेत अन्तिम चरणमा रहेकोले छिटै सो परियोजना पूरा हुने जानकारी बैठकमा गराइएको छ ।

यसैगरी नेपालमा आर्थिक लगानीसँगै ज्ञान सीप र प्रविधि भित्र्याउने, उज्यालो नेपाल परियोजनालाई तीव्रता दिइने, नेपाल सरकारले आयोजना गर्ने लगानी सम्मेलनमा सहकार्य गर्ने, नेपालका हाइडोपावरमा लगानी गर्ने, एक सय मिलियन डलरको लगानी नेपालमा भित्र्याउने योजनालाई मूर्त रुप दिने, कृषिमा आधुनिकिकरण एवं बजारीकरणका लागि नेपाल सरकारसँग समन्वय गर्दै अघि बढ्ने लगायतका आगामी रणनीति समेत तय गरेको छ । बैठकमा संघलाई आर्थिक रुपमा कसरी सबल बनाउने भन्ने सम्बन्धमा घनीभूत छलफल गरिएको छ । यस्तै गैरआवासीय अन्तराष्टिय पत्रकारिता पुरस्कारका लागि छनोट कमिटी बनाउने निर्णय समेत बैठकले गरेको छ ।

बैठकमा विभिन्न संघका विभिन्न समितिहरुले आ आफ्नो वार्षिक कार्य प्रगति पेश गरेका थिए । बैठकमा अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्धय कुमार पन्त, कुल आचार्य, महासचिव डा बद्री केसी, कोषाध्यक्ष सपिला भण्डारी, प्रवक्ता भूषण घिमिरे, क्षेत्रिय संयोजक, उपसंयोजक, आइसीसी सदस्यहरु , सल्लाहकारहरु, अनररी काउन्सिल सदस्य लगायतको प्रत्यक्ष र करिब सय जनाले अनलाइन मार्फत सहभागिता जनाए ।

वि.सं.२०७५ पुस २८ शनिवार ०८:४५ मा प्रकाशित

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय...

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

मलङ्गवा ,सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु...

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...