Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

तिमि नै ईश्वर तिमि भित्रै छन् ईश्वर !




समाज भित्र मानिस हुन्छ मानिस भित्र प्रेम हुन्छ प्रेम भित्र इश्वर हुन्छ र जहाँ इश्वर को उपस्थिति हुन्छ त्यो समाज शान्त सुन्दर र सम्बृद्ध हुन्छ  ।  हाम्रो जस्तो समाजमा मानिस हरु गुनासो धेरै गर्ने गर्छन । समाजमा अरुको दोष न् देखाई अरुको नकारात्मक चर्चा नगरी आफ्नो काम मा मात्र व्यस्त हुने मानिस बहुत कम छन् तर उनिहरुले ध्यान दिएका हुन्नन कि अरु प्रति एक औला तेर्स्यौदा आफुप्रति तिन औला तेर्सिएको हुन्छ । तर जब मानिसले ज्ञान प्राप्त गर्दछ तब उ अरु मानिस लाइ प्रेम गर्न थाल्दछ अनि उसको लागि गुनासोको बिषय नै हुन्न । सृष्टिकर्ताले मानिसलाइ आफ्नै जीवन भोग्नको लागि मात्र पठाएको होइन अन्य मानब एबम जिबजन्तु र प्रकृतिको सेवाको लागि पनि पठाएको हो । तसर्थ मानिसमा हमेसा दयाभाब सेवा करुणा अरु प्रति सम्मान, शान्ति, सदभाब र सहयोगको लागि तँन् मन र धन समेत लगाउने सोच हुनु पर्दछ । जसको लागि एक आपसमा प्रेम को खाचो पर्दछ प्रेमले नै समाजमा सुख शान्ति भाइचारा कायम रहन्छ र यसै वाट इस्वर सितको सम्बन्ध र सम्पर्क हुन्छ अनि समाजमा इस्वरको उपस्थिति हुन्छ ।

प्रेम सदभाब न् भएको मानिस लाइ समाज र इस्वर समेत ले स्वीकार गर्दैनन । यस प्रसंग मा एउटा छोटो कहानी उल्लेख गर्नु उचित देखेको छु । एउटा युबक हतास मन लिएर महासन्त गुरु एबम धर्माचार्य रामानुज को कुटीमा पुगेर गुरु सित बिन्ति गरे गुरु जी म हजुरको शिष्य बन चाहन्छु ।\

गुरुले भन्नुभयो त्यो त ठिक छ युबक तर तिमि भन मेरो शिष्य चाही किन बन्न चाहन्छौं ?

युवकले भने गुरु म तपाइको शिष्य बनेर इस्वरको सम्पर्क मा पुग्न चाहन्छु, म इस्वर सित प्रेम गर्दछु ।

गुरुले भन्नु भयो त्यो पनि ठिक छ युबक ल एउटा कुरो बताउ के तिमि घरको कोइ सदस्य वा सबै सदस्य ,टोल छर छिमेकी, आफन्त, दुखि गरिब, बृद्ध, बालक, रोगि र कुक्कुर बिराला चराचुरुंगी फुलको बोट वृक्षलाइ प्रेम गर्दछौ ?
युबक ले भने गर्दिन गुरु म कसै लाइ पनि प्रेम गर्दिन
गुरुले फेरी सोध्नु भयो युबक तिमि बाआमा भाईबहिनि कोइ प्रति दया स्नेह प्रेम करुणा देखाउने गर्दछौ ?
युबक ले भने गर्दिन गुरु गर्दिन यो दुनिया सब स्वार्थी हो ।माया जाल हो भ्रम हो म कसैलाई प्रेम गर्दिन म एक्लो भएको छु त्यसैले त् म तपाइको शरणमा आएको छु ।
गुरुले भन्नु भयो युबक तिम्रो र मेरो र इस्वर सित कहिँ कतै मेल खादैन ।त्यसैले म तिमिलाइ मेरो शिष्य बनाउन असमर्थ छु तिमि जे खोजि रहेछौ म त्यो दिन असमर्थ छु ।
युबकले बिन्ति गर्दै भने मैले यो संसार झुठो भ्रम हो सम्झेर कसै प्रति पनि प्रेम स्नेह राखिन म एक्लो भएर यता उति भट्किरहेको छु हजुर कै एक शिष्यले मलाइ इस्वर प्राप्ति गर्नुछ भने हजुरको शिष्य बन्न जाने सल्लाह दिएकोले हजुरको शरणमा आएको छु अब म कहाँ जाऊ गुरु ?
गुरुले भन्नुभयो यदि तिमि भित्र अर्को मानब प्रति प्रेम हुन्थ्यो, आफन्त लाइ प्रेम गर्ने सोच हुन्थ्यो जनावर पशु पंक्षी फुल वृक्ष सित लगाव हुन्थ्यो मधुर बोलि र व्यवहार हुन्थ्यो भने म नै तिम्रो शिष्य बनेर तिमि लाई ईस्वर मान्ने थिए । तिमि भित्र प्रेम स्नेह र करुणा को सानो बिज समेत छैन भने यो ब्रमाण्ड लाइप्रेम गर्ने इस्वर सित तिम्रो के मेल खान्छ र रुइस्वर लाइ मैले पनि देखेको छैन भेटेको छैन तर मलाइ यहि बिस्वास प्रत्यक जीवित आत्मा भित्र इस्वरको बास छ । प्रत्यक जिबित फुल र वृक्षमा इस्वरको बास छ अब तिमि ति आफन्त ति बृद्ध ति रोगि ति पशु पंक्षी र ति फुल रुख बिरुवा लाइ प्रेम गर्दैनौ भने इस्वर कहाँ भेट्छौं रुप्रेम नै इस्वर हो तिमि भित्रै छन् ईश्वर………!

(शेखर ढुंगेल)
सृष्टि कर्ताले मानिसलाइ दया करुणा सेवा र संबेदनसिल प्राणि वा आफ्नो प्रतिनिधि  को रुपमा बनाएको हुन् । तसर्थ जहाँ आबस्यकता देखिन्छ जहिले सम्भावना हुन्छ बिना तर्क बितर्क, बिना आफ्नो पराइको परिचय बिना फाइदा बेफाइदाको हिसाब, बिना सुबिधा असुबिधा को बहाना दया भाब देखाई हाल्नुपर्छ सहयोग को हात बढाई हाल्नुपर्छ जहाँ आबस्यकता हुन्छ त्यहाँ आफैलाइ उत्तरदायी वा जिम्मेवार सम्झी सहयोगको हात बढाउनु एक बिबेकसिल आदर्श नागरिक को उदाहरण हुनु हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा