
२९ पुष,सुस्ता । पश्चिम नवलपरासीको गण्डक क्षेत्रको नारायणी नदिमा हुने तटबन्ध तथा निर्माण कार्यहरूमा बर्षेनी रूपमा भारतीयहरुले पटकपटक लापरबाही गरिरहेको पाइन्छ । यसबर्ष पनि सुस्ता गाउँपालिका वार्ड न ४ नर्सही स्थित नारायणी नदिको ठोक्कर न ६ मा महाकाल एसोसियत गोरखपुरको नामक कम्पनीद्वारा भैरहेको ठोक्कर मर्मत तथा तटबन्ध कार्य भारतीय गण्डक कर्मचारी र भारतीय ठेक्दारहरुको मिलोमतो गुणस्तरहीन कार्य भैरहेको भन्दै स्थानीयबासीहरुले सो कार्य गर्न दिएका थिएनन । ठोक्कर मर्मत तथा तटबन्ध कार्यको गुणस्तरहीन भैरहेको भन्दै स्थानीयबासीहरुको बिरोध र पत्रपत्रिकामा पनि गुणस्तरहीन कार्य भैरहेको भन्दै समाचार प्रसारण भएपछि ठोक्कर न ६ को तटबन्ध कार्यको अनुगमन सिचाइ बिभाग द्वितीय सिचाइ खण्ड महाराजगन्ज भारतबाट एस डि ओ अनिल कुमार सिंहले अनुगमन गरेको थिए ।
अनुगमन पश्चात एस डि ओ सिंहले पत्रकारहरुसंग कुराकानी गर्दै नारायणी नदि ठोक्कर न ६ मा भैरहेको जालीद्वारा तटबन्ध कार्य एकदमै गुणस्तरहीन भएको र उक्त जालीहरु सम्पुर्ण हटाइ नयाँ जाली बनाएर काम गर्न निर्देशन दिएको बताए । सिचाइ बिभाग द्वितीय सिचाइ खण्ड महाराजगन्ज भारतका एस डि ओ सिंहलाई पत्रकार श्याम थापाले यस बिषय र गण्डक क्षेत्रमा हुने काम पटकपटक किन यसरी भारतीय पक्षबाट लापरबाही हुने गरिरहेको छ भनेर सोद्धा आफुहरुको कार्यालय भारतमा रहेकोे र त्यसैमा पनि काम भैरहेको साइडमा आउनका लागि दिनभरी लाग्ने हुदा आफुहरुको कम अनुगमन र नेपाली प्रशासनले पनि अनुगमनको काम नगर्ने र नत नेपाली प्रशासनले आफुहरुलाई यस्ता बिषयमा जानकारी समेत नदिने हुदा गण्डक क्षेत्रमा कामहरु लापरबाही ढंगले हुने गरेको सिंहले बताए ।
सिंहका अनुसार कुरा गर्ने हो भनी हुन पनि हो नेपाल भारतको सिचाइ मन्त्रालय तथा नेपाल र भारतको गण्डक सिचाइ कार्यहरूमा नेपाल र भारतको बीचमा रहेर राजदूतको जस्तो कार्य गर्नका लागि सम्पर्क तथा भु अर्जन कार्यालय वाल्मीकि नगर भनेर एउटा कार्यालय पनि रहेको छ तर सो कार्यालयले गण्डक क्षेत्रमा भएको सम्पुर्ण कार्यहरूको अनुगमन गर्ने र के कस्तो काम भएको छ भनेर प्रतिबेदन पनि तयार गर्ने हो तर अनुगमनको पाटो भने एकदमै फितलो भएको पाइन्छ ।
बि स २०१६ सालमा गण्डक क्षेत्रमा भारतले सम्पुर्ण तटबन्ध तथा निर्माण कार्यहरु गर्ने भएको गण्डक क्षेत्रमा भारतले टेन्डर प्रक्रिया अनुसार कार्य गर्ने गरेको छ । गण्डक क्षेत्रमा कार्य गराउने भारतीय ठेक्दारहरुको कम्पनी रहने गरेको र
नेपाली प्रशासनहरुको अनुगमन कार्य फितलो भएको कारणले पनि यस्तो लापरबाही कार्य भारतीय पक्षले गर्ने गरेको गण्डक नदि नियन्त्रण संघर्ष समिति नवलपरासीका सचिव शैलेन्द्रकुमार शर्माले बताए ।
गण्डक क्षेत्रमा बर्सेनि भारतीय ठेक्दार र गण्डकका कर्मचारीहरुले सहि कार्य गरि डुबान तथा कटान जस्ता कार्यमा नेपालीहरुको भुमि बचाउन भन्दा पनि आफुहरुले कसरी कमाएर आफ्नो थैलो भर्ने कार्य मात्र गर्ने गरेको स्थानीय रमेशकुमार हरिजनले बताए स्थानीय तहमा आफ्नो क्षेत्रमा रहेका नदिनाला,खोला र बन जङ्गल जस्ता स्रोतहरुको सदुपयोग र दुरुपयोग हुनबाट जोगाउनको लागि स्थानीय तहको जिम्मेवारी रहेको हुदा ठोक्कर न ६ भने सुस्ता गाउँपालिकाको माताहतमा पर्ने गरेको छ ।
ठोक्कर न ६ मा भैरहेको ठोक्कर मर्मत तथा जाली द्वारा तटबन्ध कार्य गुणस्तरहीन भैरहेको भन्दै सो बिषयमा सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेसंग सोद्धा आफुले सो कार्य गलत भैरहेको स्थानीयबासीहरु र पत्रपत्रिकाबाट थाहा पाएपछि सो ठाउँमा गएर अनुगमन गरेको र आफुले गण्डक क्षेत्रमा नदि तथा ठोक्कर मर्मत कार्य लापरबाही ढंगले भएको काम प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सम्बन्धित निकायहरुमा खबर गरेको उनले बताए । गण्डक क्षेत्रमा भारतीय पक्षले पटकपटक बर्षेनि यस्तै लापरबाही ढंगले काम गर्दै आएको र नेपाली प्रशासनहरुको फितलो अनुगमनको कारणले गर्दा गण्डक क्षेत्रका साबिक गाबिसहरु पक्लिहवा, नर्सही, कुडिया, त्रिबेणि सुस्ता, गुठिप्रसौनी, सुर्यपुरा, बैदौली, सोमनी, प्रतापपुर, जमुनिया, खैरटहवा, भुजहवा, रामपुर खडौना गरि १३ वटा गाबिसहरु खतरामा पर्ने अवस्था देखिन्छ ।
वि.सं.२०७५ पुस २९ आइतवार ०९:१९ मा प्रकाशित