back

फोनिजको राष्ट्रिय भेला फागुन ८ गते

वि.सं.२०७५ पुस ३० सोमवार

579 

shares

३० पुस, काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को राष्ट्रिय भेला आगामी फागुन ८ गते कास्कीको धम्पुसमा हुने भएको छ ।

महासङ्घको तेस्रो पूर्ण बैठकपछि महासचिव मनोज घर्ती मगरले जारी गरेको विज्ञप्तिअनुसार सो भेलामा सङ्घीय समिति, सल्लाहकार, लेखा र अनुशासन समिति तथा संस्थागत सदस्य संस्थाले तोकेका एक÷एक प्रतिनिधि र शाखाका अध्यक्ष सहभागी हुने निश्चित गरिएको छ ।

नेपाल पत्रकार महासङ्घले हालै गरेको महासङ्घको सबै तहको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीका माध्यमबाट गर्ने सैद्धान्तिक निर्णयकको बैठकले स्वागत गरेको विज्ञप्तिमा उल्लेख छ । पत्रकार महासङ्घ पूर्ण समावेशी हुनुपर्ने, समानुपातिक र समावेशी सिद्धान्तका आधारमा निर्वाचन गरी थप समावेशी बनाउन फोनिजले माग गरेको छ ।

देवानी र फौजदारी संहिता ऐन २०७४ तथा गोपनीयताको हकसम्बन्धी व्यवस्थामा प्रेस स्वतन्त्रतालाई सङ्कुचन पार्ने प्रावधान संशोधन गरी प्रेसमैत्री बनाउन सुझाव कार्यदलले सरकारलाई दिएको प्रतिवेदन सार्वजनिक गरी तत्काल कार्यान्वयन गर्न माग गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । उपचाररत पत्रकार विजय राना मगर र रञ्जु दनुवारको उपचारका लागि थालिएको सहयोग अभियानलाई प्रभावकारी बनाउने र यही पुस २२ गते दिवङ्गत पत्रकार मकरध्वज (एमडी) कुलुङको आश्रित परिवारलाई आर्थिक सहयोगका लागि पत्रकार महासङ्घसँग सहकार्य गरेर अभियान चलाउने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०७५ पुस ३० सोमवार ०८:२३ मा प्रकाशित

Himalayan Life AD
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतान्त्रिक पद्धतिलाई स्थापित...

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मधेस प्रदेशसभा सदस्य...

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार र...

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

झापा । यहाँ जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन...

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज...