
३० पुस,काठमाडौँ । लेखक युग पाठक अफ्रिकी, एशियाली र ल्याटिन अमेरिकी लेखक सङ्घको अध्यक्षमा निर्वाचित भएका छन् ।
मोरक्कोको रवातमा आइतबार सम्पन्न सङ्घको नवौँ अधिवेशनले उनलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । यसअघि सन् २०१६ मा भएको सङ्घको निर्वाचनमा पाठक उपमहासचिव निर्वाचित भएका थिए ।
अधिवेशनले इजिप्टका सरिफ अल सुवासीलाई महासचिव निर्वाचित गरेको छ भने मोरक्कोका अब्दरहिम अल अलाम सहमहासचिव चुनिएका छन् ।
अधिवेशनलाई सम्बोधन गर्दै पाठकले विश्वकै एक सम्मानित र पुरानो संस्थाको अध्यक्ष निर्वाचित हुनु नेपालका लागि गौरवपूर्ण चुनौती भएको बताएका थिए ।
विभिन्न युद्ध र गरीबी बेहोरिरहेका तेस्रो विश्वका जनताको आवाजलाई साहित्य र सांस्कृतिक अभियानका माध्यमबाट बुलन्द गरिराख्न आफूले संस्थालाई योगदान गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
यही पुस २७ गतेदेखि आइतबारसम्म चलेको अधिवेशनमा ‘जेरुसेलम अन द वल्र्ड सिन’ विषयमा अन्तक्र्रिया पनि आयोजना गरियो । अधिवेशनबाट पारित रवात घोषणाले संसारमा बढिरहेको असहिष्णुताप्रति चिन्ता व्यक्त गरेको छ ।
वि.सं.२०७५ पुस ३० सोमवार ०८:२९ मा प्रकाशित