३० पुस काठमाडौ । उच्च रक्तचापका रोगीले सेवन गर्ने भल्सार्टनयुक्त ट्यबलेटलाई धेरै मुलुकमा प्रतिबन्ध लगाइएको छ । तर नेपाली बजारमा अहिले पनि उत्पादन र बिक्रि भइरहेको छ । भल्सार्टनयुक्त औषधीको अशुद्धताबारे सरकारी भल्सार्टनयुक्त औषधिको अशुद्धताबारे सरकारी निकायले अनभिज्ञता देखाएको छ ।
औषधि व्यवस्था विभागसँग यस्ता किसिमका औषधिको खराब पक्षबारे कुनै र अनुसन्धान गर्न पहल पनि भएको छैन । खाद्य तथा औषधि व्यवस्थापन एफडिए अमेरिकाले भल्सार्टनयुक्त केही ट्याबलेटलाई क्यान्सरको कारक हुनसक्ने भन्दै वर्गिकरण गरेको छ । भल्सार्टनमा हुन सक्ने एन–निट्रोसोडिथिलामिन रसायनले मानव स्वास्थ्यमा क्यान्सर रोग लाग्न सक्ने बताउँछन् । आजको नागरिक दैनिक समाचारमा छ ।
वि.सं.२०७५ पुस ३० सोमवार ०८:३३ मा प्रकाशित