back
CTIZAN AD

भन्सार कार्यालयमा कर्मचारी बस्दैनन्, सर्वसाधारणबाटै काम हुन्छ

वि.सं.२०७५ पुस ३० सोमवार

819 

shares

३० पुस, नवलपरासी, रासस पश्चिम नवलपरासीका अधिकांश छोटी भन्सार कार्यालयमा सेवाग्राहीको काम कर्मचारीबाट नभइ अन्य सर्वसाधारणबाटै हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ, तर यो सत्य हो ।
वर्षौदेखि छोटी भन्सार कार्यालय यसरी नै सञ्चालन हँुदै आएको पाइएको छ । तोकिएका कर्मचारी छोटी भन्सार कार्यालयमा नियमित रुपमा नजाने हँुदा भन्सार कार्यालयमा खटिएकाबाहेक कार्यालय वरिपरि घर भएका सर्वसाधारणले भन्सार कार्यालयको दैनिक काम काज गर्दै आएको पाइन्छ ।

यसैअन्तर्गत पश्चिम नवलपरासीको गुठीप्रसौनी छोटी भन्सार कार्यालयको दैनिक कामसमेत एक जना सर्वसाधारण व्यक्तिले नै गर्दै आएका छन् । यो छोटी भन्सार कार्यालयमा वर्षौदखि स्थानीयवासी मन्सुर अलीले छोटी भन्सार कार्यालयमा सेवाग्राहीलाई दिइने सबै सेवा प्रवाह गर्दैै आइरहेक छन् । छोटी भन्सार कार्यालयको माथिल्लो निकाय मानिने पश्चिम नवलपरासीको महेशपुर मूल भन्सार कार्यालयले उपलब्ध गराएको कागजातका आधारमा सेवा प्रवाह गर्दै आएको अलीले जानकारी दिएका छन् ।

आफूले वर्षौंदेखि यस कार्यालयको काममा सहयोग गर्दै आएको बताउँदै यस कार्यालयमा खटिएका कर्मचारी नियमितरुपमा कार्यालयमा नआउने भएकाले कार्यालयको सबै काम गर्दै आएको उनको भनाइ छ ।

नवलपरासीमा गुठीप्रसौनीसहित विष्णुपुरा, भुजहवा र त्रिवेणी गरी चार वटा छोटी भन्सार कार्यालय रहेका छन् । सबै छोटी भन्सार कार्यालयले भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनका लागि अस्थायी अनुमति दिने काम गर्दछन् ।

गुठीप्रसौनी मात्र होइन त्रिवेणी र भुजहवा छोटी भन्सार कार्यालयको समस्या पनि उस्तै रहेको र ती छोटी भन्सार कार्यालयमा समेत भन्सारका कर्मचारी नभई अन्य बाह्य सर्वसाधारणले दैनिक काम काज गर्दै आएको अवस्था रहेको महेशपुर मूल भन्सार कार्यालयले जनाएको छ ।

विशेष गरी गण्डकी प्रदेशअन्तर्गत पर्ने पूर्वी नवपरासीको त्रिवेणी छोटी भन्सार कार्यालयमा समेत नियमित रुपमा खटिएका कर्मचारी नबस्ने गरेको स्थानीयको भनाइ छ । महेशपुर मूल भन्सार कार्यालयबाट सबै छोटी भन्सार कार्यालयमा चक्रीय प्रणालीमा कर्मचारी खटाइने भए पनि छोटी भन्सार कार्यालयमा नियमितरुपमा कर्मचारी जाने गरेका छैनन् ।

कर्मचारी अभावमा गुठीप्रसौनी, त्रिवेणी र भुजहवा छोटी भन्सार कार्यालयमा अन्य बाह्य सर्वसाधारण व्यक्तिले सेवा प्रवाह गर्दै आएको कार्यालय प्रमुख हेमचन्द्र शर्माले स्वीकार गरेका छन् ।

आगामी दिनमा नियमित रुपमा सबै छोटी भन्सार कार्यालयमा कर्मचारीको उचित व्यवस्थापन गरिने योजना रहेको कार्यालय प्रमुख शर्माको भनाइ छ ।
नेपाल–भारत सीमा क्षेत्रमा देखिने विभिन्न आपराधिक क्रियाकलापमा सवारी साधनको आवागनसमेत मुख्य विषय बन्न सक्छ तसर्थ यस्तो संवेदनशील कामप्रति सरोकारवाला निकायको ध्यान पुग्न जरुरी देखिन्छ । केही महीना अघि मात्र स्तरोन्नति भएको महेशपुर मूल भन्सार कार्यालयमा समेत दरबन्दीअनुसार कर्मचारी नहुँदा छोटी भन्सार कार्यालयमा समेत नियमित रुपमा कर्मचारी पठाउन नसकिएको महेशपुर मूल भन्सारले जनाएको छ ।

वि.सं.२०७५ पुस ३० सोमवार ०९:४४ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...