back

‘स्वयम्भू क्षेत्रका पुजारी आवास गृह तथा विहार शिलान्यास’

वि.सं.२०७५ पुस ३० सोमवार

477 

shares
GLOBAL IME AD
NTC AD

३० पुस, काठमाडौ ।  ‘गोरखा भूकम्प’बाट क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ परिसरका पुजारी आवास गृह तथा विहार पुनःनिर्माण गर्न थालिएको छ ।

गृहमन्त्री रामबहादुर थापाले उक्त आवास गृह तथा विहार आज शिलान्यास गर्दै पुनःनिर्माणलाई प्राथमिकता दिइने तर कुनै विलम्ब गर्न नदिइने बताए । रु १८ करोडको लागतमा १८ वटा भवन विहार एक वर्षभित्र पुनःनिर्माण गरिसक्ने लक्ष्य लिइएको स्वयम्भू पुनःनिर्माण उपभोक्ता समितिका सभापति ईश्वर बुद्धाचार्यले जानकारी दिए ।
पुरातात्विक सम्पदाका संरक्षणमार्फत नै नेपाललाई समृद्ध बनाउन सकिने प्रस्टयाउँदै अब बस्ने पुनःनिर्माण निर्देशक समितिको बैठकले उक्त सम्पदाको पुनःनिर्माणलाई थप गति दिने विश्वास व्यक्त गरे ।

काठमाडाँै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा पुनःनिर्माण गर्न महानगर प्रतिबद्ध रहेको बताउँदै विभिन्न निकायले अवरोध सिर्जना गरेकाले पर्याप्त बजेट विनियोजन हुँदा पनि यसले गति लिन नसकेको बताए ।

काठमाडाँै क्षेत्र नं ७ का सांसद रामवीर मानन्धरले विगतमा राजनीतिक स्थिरताका कारण पुनःनिर्माण अलपत्र परेको उल्लेख गर्दै दुई तिहाइसहितको स्थिर सरकारले पुनःनिर्माण र राष्ट्र निर्माणलाई प्राथमिकता दिएको बताए ।

कामपा १५ नं वडाध्यक्ष ईश्वरमान डङ्गोलले पुरातात्विक संरचनामा कुनै फरक नपर्ने गरी पुनःनिर्माणको अभियान थालनी गरिएको जानकारी दिनुभयो । पुनःनिर्माण समितिका अध्यक्ष बुद्धाचार्यले स्थानीय निर्वाचनपछि स्वयम्भू क्षेत्रको पुनःनिर्माणले तीव्रता पाएको बताए । काठमाडौ महानगरपालिकाको संयोजनमा स्वयम्भू क्षेत्रको पुनःनिर्माण भइरहेको छ ।

वि.सं.२०७५ पुस ३० सोमवार १४:२४ मा प्रकाशित

भ्रष्टाचारविरुद्ध अभियान आवश्यक : नारायणकाजी श्रेष्ठ

भ्रष्टाचारविरुद्ध अभियान आवश्यक : नारायणकाजी श्रेष्ठ

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं...

आजको मौसम : पहाडी भू भागमा आंशिक बदली हुने पूर्वानुमान

आजको मौसम : पहाडी भू भागमा आंशिक बदली हुने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको...

बाढीले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

बाढीले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको...

जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सिटिइभिटी

जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सिटिइभिटी

चितवन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले ‘एसइई’मा...

देवचुली पर्यटन पदमार्गको सम्भाव्यता अध्ययन कार्यको शुरुवात

देवचुली पर्यटन पदमार्गको सम्भाव्यता अध्ययन कार्यको शुरुवात

काठमाडौँ । देवचुली नगरको दिर्घकालिन पर्यटन विकास गर्ने उद्देश्यका साथ...

तीन हजारभन्दा बढीले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

तीन हजारभन्दा बढीले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य ह्वात्तै घट्ेको छ...