back
CTIZAN AD

‘स्वयम्भू क्षेत्रका पुजारी आवास गृह तथा विहार शिलान्यास’

वि.सं.२०७५ पुस ३० सोमवार

765 

shares

३० पुस, काठमाडौ ।  ‘गोरखा भूकम्प’बाट क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ परिसरका पुजारी आवास गृह तथा विहार पुनःनिर्माण गर्न थालिएको छ ।

गृहमन्त्री रामबहादुर थापाले उक्त आवास गृह तथा विहार आज शिलान्यास गर्दै पुनःनिर्माणलाई प्राथमिकता दिइने तर कुनै विलम्ब गर्न नदिइने बताए । रु १८ करोडको लागतमा १८ वटा भवन विहार एक वर्षभित्र पुनःनिर्माण गरिसक्ने लक्ष्य लिइएको स्वयम्भू पुनःनिर्माण उपभोक्ता समितिका सभापति ईश्वर बुद्धाचार्यले जानकारी दिए ।
पुरातात्विक सम्पदाका संरक्षणमार्फत नै नेपाललाई समृद्ध बनाउन सकिने प्रस्टयाउँदै अब बस्ने पुनःनिर्माण निर्देशक समितिको बैठकले उक्त सम्पदाको पुनःनिर्माणलाई थप गति दिने विश्वास व्यक्त गरे ।

काठमाडाँै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा पुनःनिर्माण गर्न महानगर प्रतिबद्ध रहेको बताउँदै विभिन्न निकायले अवरोध सिर्जना गरेकाले पर्याप्त बजेट विनियोजन हुँदा पनि यसले गति लिन नसकेको बताए ।

काठमाडाँै क्षेत्र नं ७ का सांसद रामवीर मानन्धरले विगतमा राजनीतिक स्थिरताका कारण पुनःनिर्माण अलपत्र परेको उल्लेख गर्दै दुई तिहाइसहितको स्थिर सरकारले पुनःनिर्माण र राष्ट्र निर्माणलाई प्राथमिकता दिएको बताए ।

कामपा १५ नं वडाध्यक्ष ईश्वरमान डङ्गोलले पुरातात्विक संरचनामा कुनै फरक नपर्ने गरी पुनःनिर्माणको अभियान थालनी गरिएको जानकारी दिनुभयो । पुनःनिर्माण समितिका अध्यक्ष बुद्धाचार्यले स्थानीय निर्वाचनपछि स्वयम्भू क्षेत्रको पुनःनिर्माणले तीव्रता पाएको बताए । काठमाडौ महानगरपालिकाको संयोजनमा स्वयम्भू क्षेत्रको पुनःनिर्माण भइरहेको छ ।

वि.सं.२०७५ पुस ३० सोमवार १४:२४ मा प्रकाशित

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...