back

पत्रकारिताको भाषामा ध्यान दिन आग्रह

वि.सं.२०७५ पुस ३० सोमवार

573 

shares
GLOBAL IME AD
NTC AD

३० पुस, काठमाडौ ।  प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले साना लगानीका मिडियाको संरक्षण एवं प्रबद्र्धनका लागि समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्ने ऐन ल्याउने तयारी भइरहेको बताएका छन् ।
काउन्सिलद्वारा यहाँ आइतबार आयोजित ‘भाषिक पत्रकारिताको व्यवस्था तथा आचारसंहिता’ विषयको अन्तरक्रियामा श्रेष्ठले भाषिक पत्रपत्रिका तथा साना लगानीका मिडियामा समानुपातिक विज्ञापन नीति कार्यान्वयनका लागि सरकारविरुद्ध मुद्दा लडी आफ्नो पक्षमा फैसला भएको जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले त्यस सम्बन्धमा सम्बोधन गर्ने गरी ऐन ल्याउने तयारी गरिरहेको बताए । उनले भने, “भाषा बाँच्यो भने देश बाँच्ने हो, त्यसैले पनि आम पत्रकारिता क्षेत्रले भाषामा ध्यान दिनुपर्छ ।”
काउन्सिलका सदस्य शुभेच्छाविन्दु तुलाधरका अनुसार नेपालमा मातृभाषाका ६५ पत्रपत्रिका भए पनि ती व्यावसायिक बन्न नसके पनि तिनले स्थानीय समाचारलाई प्राथमिकता दिएका छन् । पत्रकार आचारसंहिताको पालनाबाट मर्यादित र जिम्मेवार पत्रकारिताको विकास गर्ने तथा प्रेस स्वतन्त्रताको संरक्षण संम्बद्र्धन गर्दै पत्रकार आचारसंहिता पालना गर्न उत्प्रेरित गर्ने उद्देश्यले विस २०२७ असोज ६ गते काउन्सिल स्थापना गरिएको हो ।

वि.सं.२०७५ पुस ३० सोमवार १४:३४ मा प्रकाशित

यौनजन्य क्रियाकलापमा लगाउने तीन जना पक्राउ

यौनजन्य क्रियाकलापमा लगाउने तीन जना पक्राउ

कास्की । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार...

गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्री ओलीको आग्रह

गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध,...

सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण : राष्ट्रपति पौडेल

सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकले आर्थिक वर्ष २०८०/२०८१...

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई...

साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण

साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य...

बागबजारमा एक महिलाको हत्या, ४५ वर्षीय पुरुष पक्राउ

बागबजारमा एक महिलाको हत्या, ४५ वर्षीय पुरुष पक्राउ

काठमाडौँ । काठमाडौँको बागबजारमा एक महिलाको हत्या भएको छ ।...