back

महासमिति बैठकपछि पार्टी थप मजबुत बनेको छ-उपसभापति निधि

वि.सं.२०७५ पुस ३० सोमवार

507 

shares
GLOBAL IME AD
NTC AD

३० पुस, दुल्लु । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्रको गुटउपगुट अन्त्य भएको बताएका छन् ।

नेपाल प्रेस युनियन दैलेखको चौथो जिल्ला अधिवेनशको आज यहाँ उद्घाटन गर्दै उनले ‘ऐतिहासिक महासमिति बैठकपछि गुटउपगुट अन्त्य भई पार्टी थप मजबुत बनेको छ ।’

उपसभापति निधिले महासमिति बैठकबाट एकताको सन्देशसहित विश्वमै उत्कृष्ठ र समावेशी विधान बनाउन सफल भएको उल्लेख गर्दै “अब काङ्ग्रेस भित्रको टिके प्रर्था अन्त्य हुन्छ ।”

वर्तमान सरकारले सङ्घीयतालाई खतरामा पार्ने गतिविधि सञ्चालन गरेको आरोप लगाउँदै उनले सङ्घीय प्रणाली नेपाली काङ्ग्रेसको एजेण्डा भएको बताए ।

नेता निधिले मुलुकमा भइरहेको हत्या, हिंसा बलात्कार, अपराधलाई नियन्त्रण गर्न सरकार उदासिन रहेको उल्लेख गर्दै लोकतन्त्र दरिलो भएमात्रै प्रेस जगत् स्वतन्त्र हुने बताए ।

समृद्ध मुलुक निर्माणमा प्रेसको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै उनले लोकतन्त्रको पर्यायवाची प्रेस जगत् भएको धारणा व्यक्त गरे ।

नेता निधिले प्रेस स्वतन्त्रता खोस्ने काम कहिंकतैबाट हुनुहुँदैन भन्दै प्रेसमाथि सुनियोजित ढङ्गबाट आक्रमण भइरहेकोमा दुःख व्यक्त गरेका थिए ।

नेपाल प्रेस युनियनका जिल्ला सभापति भूपेन्द्र शाहीको अध्यक्षतामा भएको कार्यक्रममा युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, कर्णाली प्रदेशसभा सदस्य हिमबहादुर शाही, काङ्ग्रेस दैलेखका सभापति कृष्णकुमार विसी, नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष चक्र केसी, नेपाल महिला सङ्घका जिल्ला अध्यक्ष सीता राना लगायतले मुलुकको विकास र समृद्धिका लागि प्रेसको भूमिकाका विविध पक्षमाथि प्रकाश पारेका थिए ।

वि.सं.२०७५ पुस ३० सोमवार १६:४० मा प्रकाशित

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

काठमाडौँ । लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको शुक्रवार बसेको बैठकले भूमि...

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

गलकोट (बागलुङ) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशअन्तर्गत नेपाल र भारतीय...

परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापान इन्टरनेसनल...