back

दोहोरो अङ्कले बढ्यो शेयर बजार, कसले गुमाए अनि कसले कमाए त ?

वि.सं.२०७५ पुस ३० सोमवार

624 

shares

 

३० पुस, काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११ दशमलव ७४ विन्दुले बढेर एक हजार १८६ दशमलव ८० विन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ०८ विन्दुले बढेर २५० दशमलव ४९ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १५८ कम्पनीको आठ लाख पाँच हजार ६०१ कित्ता शेयर रु २६ करोड ८१ लाख २४ हजार ६४४ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोवार भएका कूल नौ उपसमूह मध्ये आज बैंकिङ उपसमूहको मात्रै शेयर घटेको छ । सो उपसमूह एक दशमलव ०९ विन्दुले घटेको छ । यस्तै होटल १८ दशमलव ८४, विकास बैंक चार दशमलव ५६, जलविद्युत् १७७ दशमलव ०७, वित्त छ दशमलव ९६, निर्जीवन बीमा १९ दशमलव २४, अन्य १९ दशमलव ९१, लघुवित्त १५ दशमलव ०७ र जीवन बीमा तीन दशमलव १८ विन्दुले बढेको छ ।

बढेको बजारमा नागरिक लगानी कोष, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, सिटी एक्सप्रेस फाइनान्स कम्पनी, गुर्खाज फाइनान्स, बोमी माइक्रोफाइनान्स वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले बढी कमाएका छन् । यस्तै बैंक अफ काठमाडौँ, अरुण कावेली पावर, अपि पावर कम्पनी, एक्सेल डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, हाथवे फाइनान्स कम्पनी, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीले आज बढी गुमाएका छन् ।

वि.सं.२०७५ पुस ३० सोमवार १६:४२ मा प्रकाशित

Himalayan Life AD
एन आई सी एशियाले ल्यायो लकरमा विशेष छुट सुविधा

एन आई सी एशियाले ल्यायो लकरमा विशेष छुट सुविधा

काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई...

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

 काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नाडाको ४९ औँ वार्षिक साधारण सभा पौष ९ गते ललितपुरमा आयोजना हुने

नाडाको ४९ औँ वार्षिक साधारण सभा पौष ९ गते ललितपुरमा आयोजना हुने

काठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ४९ औँ वार्षिक...

एमएडब्लू अर्थमुभर्सद्वारा देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु

एमएडब्लू अर्थमुभर्सद्वारा देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु

काठमाडाैँ । नेपालमा जेसीबीको अधिकृत डिस्ट्रीब्युटर एमएडब्लू अर्थमुभर्स प्रा. लि....

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ ।  बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको...