back

बालिका बलात्कार प्रयास गर्नेलाई पाँच वर्ष कैद

वि.सं.२०७५ माघ १ मंगलवार

621 

shares

१ माघ, सप्तरी । आठ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालतले आइतबार एक युवकलाई पाँच वर्ष कैदको फैसला गरेको छ ।

जिल्ला अदालत सप्तरीका न्यायाधीश उमेश कोइरालाको इजलासले राजगढ गाउँपालिका–४ कमलपुरका १९ वर्षीय महमुद मियाँलाई पाँच वर्ष कैदको फैसला गरेको स्रेस्तेदार दिलकुमार बर्देवाले जानकारी दिए । सोही आरोपमा मुछिएका १३ वर्षका दुई बालकलाई भने अदालतले सफाइ दिएको छ ।

बाख्रा चराउन गएकी बालिकालाई नजीकैको नहरमा नुहाउन लगेर सामूहिक रूपमा बलात्कार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दर्ता गराएकी थिइन् । प्रहरीद्वारा घटना भएकै दिन ०७३ साल भदौ १५ गते पक्राउ परे पनि अदालतले नाबालक भन्दै भोलिपल्टै तीनै जनालाई छाड्ने आदेश दिएको थियो । आरोपित महमुदको उमेर १९ वर्षको प्रमाणित भएपछि प्रहरीले पुनः एक सातापछि पक्राउ गरेको थियो ।

जिल्ला न्यायाधीश शङ्करबहादुर राईको इजलासले आरोपित महमुद १५ हजार धरौटीमा ०७३ साल असोज १२ गते रिहा भएका थिए । जिल्ला अदालतले आइतबार बलात्कार नभई बलात्कार प्रयास भएको पुष्टि गर्दै पाँच वर्ष कैद सजायको फैसला गरेपछि आरोपित फरार भएका छन् ।

वि.सं.२०७५ माघ १ मंगलवार ०९:३८ मा प्रकाशित

Himalayan Life AD
वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

भोजपुर । जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ...

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

राँझा (बाँके) । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको...

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौँ । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन...

साँगा-धुलिखेल सडकः पुलबजार खण्डमा स्तरोन्नति सुरु

साँगा-धुलिखेल सडकः पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रे । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु...