back

बालिका बलात्कार प्रयास गर्नेलाई पाँच वर्ष कैद

वि.सं.२०७५ माघ १ मंगलवार

180 

shares
NTC AD
Global IME AD

१ माघ, सप्तरी । आठ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालतले आइतबार एक युवकलाई पाँच वर्ष कैदको फैसला गरेको छ ।

जिल्ला अदालत सप्तरीका न्यायाधीश उमेश कोइरालाको इजलासले राजगढ गाउँपालिका–४ कमलपुरका १९ वर्षीय महमुद मियाँलाई पाँच वर्ष कैदको फैसला गरेको स्रेस्तेदार दिलकुमार बर्देवाले जानकारी दिए । सोही आरोपमा मुछिएका १३ वर्षका दुई बालकलाई भने अदालतले सफाइ दिएको छ ।

बाख्रा चराउन गएकी बालिकालाई नजीकैको नहरमा नुहाउन लगेर सामूहिक रूपमा बलात्कार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दर्ता गराएकी थिइन् । प्रहरीद्वारा घटना भएकै दिन ०७३ साल भदौ १५ गते पक्राउ परे पनि अदालतले नाबालक भन्दै भोलिपल्टै तीनै जनालाई छाड्ने आदेश दिएको थियो । आरोपित महमुदको उमेर १९ वर्षको प्रमाणित भएपछि प्रहरीले पुनः एक सातापछि पक्राउ गरेको थियो ।

जिल्ला न्यायाधीश शङ्करबहादुर राईको इजलासले आरोपित महमुद १५ हजार धरौटीमा ०७३ साल असोज १२ गते रिहा भएका थिए । जिल्ला अदालतले आइतबार बलात्कार नभई बलात्कार प्रयास भएको पुष्टि गर्दै पाँच वर्ष कैद सजायको फैसला गरेपछि आरोपित फरार भएका छन् ।

वि.सं.२०७५ माघ १ मंगलवार ०९:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास...

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...