back

महिला क्रिकेट : युएईलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

वि.सं.२०७५ माघ १ मंगलवार

582 

shares

१ माघ, काठमाडौँ । थाइल्याण्डमा जारी महिला टी ट्वान्टी स्म्यास २०१९ क्रिकेट प्रतियोगितामासंयुक्त अरब इमिरेटस् (युएई)लाई पराजित गर्दैे नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । नेपालको यो लगातार तेस्रो जित हो । यसअघि नेपालले शनिबार भएको पहिलो खेलमा चीनलाई १० विकेट र आइतबार मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

पहिले ब्याटिङ् गरेको युएईले नेपाललाई १०६ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा सिता राना मगरले सर्वाधिक ३७ रनको योगदान दिइन् भने काजल श्रेष्ठले २५ तथा इन्दु बर्माले १३ रन जोडिन् । त्यस्तै कप्तान रुबिना क्षेत्री १० रनमा अविजित रहँदा नेरी थापाले ६ रन जोडिन् । बलिङतर्फ युएईकी इशा ओजा, हुमाइरा तास्निम र चमानी सिनेभिरात्नेले समान एक÷एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेट गुमाउँदै १०५ रनको योगफल बनाएको थियो । उसका लागि छायाँ मुगालले ३१, इशा ओजाले २८ तथा चमानी सिनेभिरात्नेले अविजित २३ रन जोडिन् । युएईलाई सस्तैमा समेट्ने क्रममा नेपालकी सोनु खड्का, सिता रानामगर र करुणा भण्डारीले एक÷एक विकेट लिए । जितसँगै नेपालले ३ खेलबाट ६ अङ्क जोडेको छ । नेपालले एक खेल अगावै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । अब नेपालले समूह चरणको अन्तिम खेल बुधबार थाइल्याण्डसँग खेल्नेछ ।

वि.सं.२०७५ माघ १ मंगलवार ०९:५१ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

  झापा ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि...

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष...

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल...