back
CTIZAN AD

मुख्यमन्त्री पोखरेल : शुभकामना

वि.सं.२०७५ माघ १ मंगलवार

627 

shares

१ माघ, बुटवल ।  प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जाति र समुदायको उत्थान र विकासका लागि ढोका खोलेको बताएका छन् ।

मकर सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा जारी गरेका शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघी पर्वले बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सघाउ पु¥याउँदै आएको विश्वास व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा विविधतायुक्त नेपाली समाजमा कसैले मकर सङ्क्रान्तिको रूपमा र कसैले माघी पर्वको रूपमा मनाउने चलनअनुसार थारु र मगर समुदायले मुख्य पर्वका रूपमा माघीलाई धुमधामसँग मनाउने प्रचलन रहेको र यी दुई समुदायबाहेक अरु समुदायले मकर सङ्क्रान्तिको रूपमा मनाउने प्रचलनले यो पर्व सबैको साझा पर्वको रूपमा रहको उल्लेख गरिएको छ ।

मुख्यमन्त्री पोखरेलले राज्यले संवैधानिक व्यवस्थाअनुरूप लोकतन्त्रलाई नागरिकको जीवन पद्धति बनाउन अल्पसङ्ख्यक, आदिवासी, जनजाति र पछाडि पारिएका जाति तथा समुदायको उत्थानका लागि संवैधानिकरूपमै आयोग गठन गर्ने व्यवस्था गरेर सबैप्रति सम्मान व्यक्त गरेको उल्लेख गरेका छन् ।

मुलुकमा तीन तहको चुनाव सम्पन्न भएपछि संविधानको कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यावहारिकरूपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने भएकाले अहिले मुलुक संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल, सुखी नेपाली बनाउने दिशामा अघि बढेकोले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासको बाटोमा अघि बढेको बताएका छन् ।

उनले प्रदेश सरकारले समृद्ध प्रदेश, खुशी जनताको लक्ष्य लिएर योजनाबद्ध विकासको दिशामा अघि बढेका अवस्थामा यसलाई सफल बनाउन प्रदेशका सबै राजनीतिक दल, समुदाय, सङ्घसंस्था र आमनागरिकमा आग्रह गरेका छन् ।

वि.सं.२०७५ माघ १ मंगलवार १२:०९ मा प्रकाशित

Himalayan Life AD
फेवातालमा कार खस्दा २४ वर्षीय युवकको मृत्यु

फेवातालमा कार खस्दा २४ वर्षीय युवकको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक...

यी हुन् कास्कीका ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदानस्थल

यी हुन् कास्कीका ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदानस्थल

गण्डकी । कास्की जिल्लामा आसन्न निर्वाचनमा ५६ अति संवेदनशील र...

पाथीभरा दर्शनपछि चुनावी परामर्शमा प्रधानमन्त्री कार्की

पाथीभरा दर्शनपछि चुनावी परामर्शमा प्रधानमन्त्री कार्की

फुङ्लिङ (ताप्लेजुङ) । प्रधानमन्त्री सुशीला कार्कीले ताप्लेजुङमा अवस्थित पाथीभराको दर्शन...

जसपाको घोषणापत्र सार्वजनिक

जसपाको घोषणापत्र सार्वजनिक

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधिसभा सदस्य...

भयरहित वातावरणमा निर्वाचन गर्न सरकारका तर्फबाट कुनै कमी हुँदैन ः गृहमन्त्री अर्याल

भयरहित वातावरणमा निर्वाचन गर्न सरकारका तर्फबाट कुनै कमी हुँदैन ः गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ,...

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मकः राष्ट्रपति

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मकः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय...