back

मुख्यमन्त्री पोखरेल : शुभकामना

वि.सं.२०७५ माघ १ मंगलवार

420 

shares
GLOBAL IME AD
NTC AD

१ माघ, बुटवल ।  प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जाति र समुदायको उत्थान र विकासका लागि ढोका खोलेको बताएका छन् ।

मकर सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा जारी गरेका शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघी पर्वले बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सघाउ पु¥याउँदै आएको विश्वास व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा विविधतायुक्त नेपाली समाजमा कसैले मकर सङ्क्रान्तिको रूपमा र कसैले माघी पर्वको रूपमा मनाउने चलनअनुसार थारु र मगर समुदायले मुख्य पर्वका रूपमा माघीलाई धुमधामसँग मनाउने प्रचलन रहेको र यी दुई समुदायबाहेक अरु समुदायले मकर सङ्क्रान्तिको रूपमा मनाउने प्रचलनले यो पर्व सबैको साझा पर्वको रूपमा रहको उल्लेख गरिएको छ ।

मुख्यमन्त्री पोखरेलले राज्यले संवैधानिक व्यवस्थाअनुरूप लोकतन्त्रलाई नागरिकको जीवन पद्धति बनाउन अल्पसङ्ख्यक, आदिवासी, जनजाति र पछाडि पारिएका जाति तथा समुदायको उत्थानका लागि संवैधानिकरूपमै आयोग गठन गर्ने व्यवस्था गरेर सबैप्रति सम्मान व्यक्त गरेको उल्लेख गरेका छन् ।

मुलुकमा तीन तहको चुनाव सम्पन्न भएपछि संविधानको कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यावहारिकरूपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने भएकाले अहिले मुलुक संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल, सुखी नेपाली बनाउने दिशामा अघि बढेकोले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासको बाटोमा अघि बढेको बताएका छन् ।

उनले प्रदेश सरकारले समृद्ध प्रदेश, खुशी जनताको लक्ष्य लिएर योजनाबद्ध विकासको दिशामा अघि बढेका अवस्थामा यसलाई सफल बनाउन प्रदेशका सबै राजनीतिक दल, समुदाय, सङ्घसंस्था र आमनागरिकमा आग्रह गरेका छन् ।

वि.सं.२०७५ माघ १ मंगलवार १२:०९ मा प्रकाशित

कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया...

नेप्से परिसूचकमा १५ अङ्कको गिरावट

नेप्से परिसूचकमा १५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

अनुमति विना गुज्जरगानो निकासी नगर्न गल्याङ नगरपालिकाको अनुरोध

अनुमति विना गुज्जरगानो निकासी नगर्न गल्याङ नगरपालिकाको अनुरोध

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले अनुमति विना गुज्जर गानो र...

बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने

बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने

काठमाडौं । विश्व शान्तिका अग्रदूत भगवान् बुद्धको २५६९औँ जन्मजयन्तीका अवसर...

यार्सागुम्बा सङ्कलन थालियो

यार्सागुम्बा सङ्कलन थालियो

मनाङ । मनाङमा यार्सागुम्बा सङ्कलन थालिएको छ । मनाङसँगै लमजुङ,...

वर्षाले फुल्न लागेको स्याउका बोटमा असर, उत्पादन कम हुने प्रक्षेपण

वर्षाले फुल्न लागेको स्याउका बोटमा असर, उत्पादन कम हुने प्रक्षेपण

मुस्ताङ । वर्षाले यहाँका फूल्न लागेको स्याउको बोटमा असर पुर्याएको...