back

पर्यटन क्षेत्रको नीतिगत सुधार गर्न सङ्घीय संसद् तयार : सभामुख महरा

वि.सं.२०७५ माघ १ मंगलवार

651 

shares

१ माघ, काठमाडौ ।  सभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्रको विकासमा आवश्यक कानूनी सुधारका लागि आफ्नो पूर्ण सहयोग रहने बताएका छन् ।

नेपाल एशोसियशन अफ टुर्र एण्ड ट्राभल एजेन्ट नाट्टाको ५२औँ वार्षिक साधारणसभाको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले मुलुकको समग्र आर्थिक विकासमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए । “विश्वभरका पर्यटकलाई नेपालका बारेमा प्रचारप्रसार गरी नेपाल आउन अभिप्रेरित गर्ने कार्यमा सक्रिय नाट्टाले खेलेको भूमिका सराहनीय छ,”–उनले भने ।

सभामुख महराले सम्भावना बोकेको देश नेपालको विकास गर्नका लागि नीतिगत, कानूनी क्षेत्रमा सुधार गर्नु जरुरी रहेको उनको भनाइ थियो । नेपाली काङ्ग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पर्यटन क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन प्रतिनिधि सभाको सदस्यको हैसियतमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले पर्यटक मात्र आएर नहुने बताउँदै गुणस्तरीय पर्यटक ल्याउनका लागि सरकारले पूर्वाधारको विकास गर्नु जरुरी रहेको बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटाले धार्मिक पर्यटकीय दृष्टिकोणले पनि नेपाल महत्वपूर्ण गन्तव्यका रुपमा रहेकाले यसको प्रवद्र्धनमा लाग्न पर्यटन व्यवसायीलाई आग्रह गरे । “आर्थिक क्षेत्रको महत्वपूर्ण पाटो पर्यटन क्षेत्र भएकाले यसको विकासका लागि सबै जुट्नुपर्छ,”–उनले भने ।

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले निजी क्षेत्रसँग सहकार्यमा अगाडि बढे मात्र पर्यटन क्षेत्रको विकास हुने बताए । “सरकारले पर्यटन क्षेत्रको विकासका लागि ठूलो सहयोग गरेको छ”, उनले भने ।

नाट्टाका अध्यक्ष सिएन पाण्डेले विशाल जनसङ्ख्या भएका भारत र चीनको पर्यटक ल्याउन सकेमात्र पनि पर्यटन क्षेत्रले मुलुकको पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । “सन् २०१८ मा झण्डै १२ लाख पर्यटक नेपाल आएकाले नेपालमा पर्यटन क्षेत्रमा थप उत्साह जागेको छ,”–उनले भने ।

अध्यक्ष पाण्डेले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउनका लागि सरकारले पूर्वाधार क्षेत्रमा लगानी गर्नु जरुरी रहेको बताए । हवाई र विमानस्थलको विकास भएमात्र पर्यटन क्षेत्रको विकास हुने उहाँको भनाइ थियो ।

विभिन्न अवार्ड प्रदान

नाट्टाले आफ्नो ५२औँ साधारणसभाका अवसरमा विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरेको छ । नाटा एचिभमेन्ट अवार्डबाट पर्यटन व्यवसायी अम्बिका श्रेष्ठ, सगरमाथा अवार्डबाट बुद्ध एयर कम्पनी प्रालिका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत र भाष्कर अवार्डबाट पर्यटन व्यवसायी योगेन्द्र शाक्य सम्मानित भएका छन् ।

मिडिया अवार्डबाट राष्ट्रिय समाचार समितिका समाचारदाता अच्युत रेग्मी, नेपाल टेलिभिजनका पत्रकार प्रदीप चापागाईँ, रिपब्लिका न्यूज डेलीका समाचारदाता अर्पणा आले, टुरिजम अनलाइनका सम्पादक प्रशान्त प्रधान र दैनिक नेपाल अनलाइनका सम्पादक माधव तिवारी सम्मानित हुनुभएको छ । उनीहरुलाई जनही रु २५ हजार नगदसहित सम्मान गरेको हो ।

वि.सं.२०७५ माघ १ मंगलवार १२:४१ मा प्रकाशित

Himalayan Life AD
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...

काठमाडौंमा उच्चस्तरीय धम्कीपछि दुईजनालाई पक्राउ

काठमाडौंमा उच्चस्तरीय धम्कीपछि दुईजनालाई पक्राउ

काठमाडौं  । उच्चपदस्थ व्यक्ति–व्यक्तित्वलाई लक्षित गरी गरिएको गम्भीर प्रकारको धम्की...

समानुपातिकतर्फ चुनाव लड्ने दललाई आयोगको निवेदन आह्वान

समानुपातिकतर्फ चुनाव लड्ने दललाई आयोगको निवेदन आह्वान

काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ मा तय भएको प्रतिनिधिसभा...

पूर्वप्रहरी हबलदारको हत्यामा संलग्न व्यक्ति भारतबाट पक्राउ

पूर्वप्रहरी हबलदारको हत्यामा संलग्न व्यक्ति भारतबाट पक्राउ

काठमाडौं । पूर्व प्रहरी हबलदार सिता धिताल कँडेलको हत्यामा संलग्न...

आज विश्व माटो दिवस मनाइँदै

आज विश्व माटो दिवस मनाइँदै

काठमाडौँ । ‘स्वस्थ माटोका लागि स्वस्थ सहर’ भन्ने नाराका साथ...

एमाले महाधिवेशनको तयारी सुरु

एमाले महाधिवेशनको तयारी सुरु

भक्तपुर ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७...