back

मुख्यमन्त्रीद्वारा मकवानपुरगढी अवलोकन

वि.सं.२०७५ माघ १ मंगलवार

618 

shares

१ माघ, हेटौँडा ।  युरोपेली हतियारसहित नेपाल आक्रमण गर्न आएका बङ्गाली सेनालाई गोर्खाली सेनाले पराजित गरी हातहतियारसमेत हात पारेको २५६ वर्ष पुगेको उपलक्ष्यमा यही माघ १० गते विजयोत्सव आयोजना गरिने भएको छ ।
विजयोत्सव लागि मकवानपुरगढी दरबार क्षेत्रमा भग्नावशेषको व्यवस्थापन, जीर्णोद्धार तथा पुनःनिर्माण एवं सरसफाइ भइरहेको छ ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विजयोत्सवको तयारीबारे अवलोकन गर्नुभएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो । माघ १० गते विजयोत्सवको कार्यक्रमलाई सम्बोधन गर्न राष्ट्रपति भण्डारी विद्यादेवी मकवानपुरगढी आउनुहुने कार्यक्रम छ ।

विसं १८१९ माघ १० गते गोरखाली सेनासँग युद्ध गर्न बङ्गालबाट आएका नबाव कसिमअलि खानको फौजलाई पृथ्वीनाराण शाहको फौजले हराएकोे दिनलाई विजयोत्सवका रूपमा मनाउन थालिएको होे । विजयोत्सव तयारीका लागि काम तीव्ररुपमा भइरहेको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिए ।
हाल नेपाली सेनाको पुरानो गोरखगणका गणपति अनिल बुढाथोकीको टोलीसहित उक्त गाउँपालिकाले विजयोत्सवका लागि तयारी गरिरहेको हो । गढीमा अहिले सरसफाइ तथा मर्मतको काम भइरहेको अध्यक्ष हुमागाईंले जानकारी दिए ।

वि.सं.२०७५ माघ १ मंगलवार १३:०७ मा प्रकाशित

Himalayan Life AD
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक...

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

भोजपुर । जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ...

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

राँझा (बाँके) । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको...

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौँ । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन...