back

हलेसीमा सिसी क्यामरा जडान, मन्दिर क्षेत्र व्यवस्थित बन्दै

वि.सं.२०७५ माघ १ मंगलवार

585 

shares

१ माघ, खोटाङ ।  धार्मिक तथा पर्यटकीय स्थल खोटाङको हलेसीमा सिसी क्यामरा जडान गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सिसी क्यामरा जडान गरिएको हो ।

पछिल्लो समय हलेसीमा दर्शनार्थी तथा पर्यटकको सङ्ख्या वृद्धि भएसँगै मन्दिर तथा आसपासमा सिसी क्यामरा जडान गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए । “हलेसीमा दिनानुदिन दर्शनार्थी तथा पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ ।”

उनले भने, “भीडभाड भएको मौका छोपेर चोरी÷डकैती तथा आपराधिक क्रियाकलाप गर्न सक्ने सम्भावनालाई नियन्त्रण गर्न हलेसीमा नगरपालिकाको लगानीमा सिसी क्यामरा जडान गरिएको हो ।”

नगरपालिकाको करीब रु सात लाख लगानीमा विभिन्न ११ ठाउँमा सिसी क्यामरा जडान गरिएको जनाइएको छ । सिसी क्यामरा जडान गरेपछि नगरपालिकाको तर्फबाट सूचना केन्द्र स्थापना गरेर हलेसीमा हुने हरेक गतिविधिको निगरानी गर्न थालिएको नगरप्रमुख राईले जानकारी दिए ।

महादेवगुफा, पार्वतीथान, बसाह गुफा, प्रवेशद्वार तथा आसपासका क्षेत्रमा सिसी क्यामरा जडान गरेपछि दर्शनार्थी तथा पर्यटकसमेत सजक भएका छन् । हलेसी क्षेत्रका मुख्यमुख्य ठाउँमा “तपाइँ सिसी क्यामराको निगरानीमा छन्” भन्ने जानकारी लेखिएको बोर्डसमेत राखिएको छ ।

सिसी क्यामरा जडानपछि जथाभावी फोहर फाल्ने, अभद्र व्यवहार गर्ने, भीडभाड गर्ने जस्ता क्रियाकलाप न्यूनीकरण हुँदै गएको हलेसी मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यसअघि जथाभावी फोहरै÷फोहर र अव्यवस्थित देखिने हलेसीको बजार क्षेत्र अहिले सफा, सुन्दर र व्यवस्थित बन्दै गएको छ ।

उदयपुर र ओखलढुङ्गाको सिमानामा पर्ने सुनकोशी तथा खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशीमा पक्की पुल सञ्चालनमा आएपछि हलेसी आउने दर्शनार्थीको सङ्ख्या दोब्बर वृद्धि भएको स्थानीयवासीले बताएका छन् । हलेसीसम्मको सिधा यातायात जोडिएपछि काठमाडौँ, धरान, विराटनगर, जनकपुरधाम, पोखरालगायतका दर्शनार्थीहरु सिधँै गाडी रिजर्भ गरेर आउने गरेका छन् ।

धार्मिक तथा सांस्कृतिक रुपले प्रसिद्ध हलेसीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसी क्षेत्रमा रहेको महादेव गुफा, पार्वतीथान, धर्मद्वार, पापद्वार, बसाहा गुफा, भैरवगुफा, दुङ्देलो गुफालगायतका धार्मिक तथा पर्यटकीय स्थल राम्ररी अवलोकन गर्न सकिन्छ ।

दैनिकजसो दर्शनार्थी तथा पर्यटकको बाक्लो घुइँचो लाग्ने हलेसीमा रामनवमीको अवसरमा १५ दिन, शिवरात्रिमा पाँच दिन, बालाचतुर्दशी तथा हरितालीका तीजमा तीन÷तीन दिन ठूलो मेला लाग्ने गरेको छ । बोलबमको अवसरमा साउन महीनाको हरेक सोमबार भारतीय दर्शनार्थीको बाक्लो भीड लाग्ने गर्दछ ।

वि.सं.२०७५ माघ १ मंगलवार १३:५० मा प्रकाशित

Himalayan Life AD
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतान्त्रिक पद्धतिलाई स्थापित...

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मधेस प्रदेशसभा सदस्य...

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार र...

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

झापा । यहाँ जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन...

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज...