back

शेयर बजारमा दोहोरो अङ्कको वृद्धि, कसले गुमाए अनि कसले कमाए त ?

वि.सं.२०७५ माघ १ मंगलवार

441 

shares
GLOBAL IME AD
NTC AD

१ माघ, काठमाडौँ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापन गर्ने नेप्से परिसूचक १७ दशमलव ५१ विन्दुले बढेर एक हजार १९५ दशमलव ५४ विन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज तीन दशमलव ०६ विन्दुले बढेर २५३ दशमलव ५५ विन्दुमा पुगेको छ ।

स्टककाअनुसार आज कूल १५८ कम्पनीको आठ लाख ३५ हजार २३९ कित्ता शेयर रु ३९ करोड ७३ लाख ५५ हजार ५४० मा खरीद बिक्री भए ।

स्टकका अनुसार आज कारोवार भएका ११ उपसमूहको शेयरमा वृद्धि भएको छ । बैंकिङ पाँच दशमलव ०४, व्यापार दुई दशमलव ८७, होटल छ दशमलव पाँच, विकास बैंक १६ दशमलव ७५, जलविद्युत् ५२ दशमलव ७७, वित्त शून्य दशमलव ८९, निर्जीवन बीमा २३२ दशमलव ९२, उत्पादन दुई दशमलव ६५, अन्य ११ दशमलव ५५, माइक्रोफाइनान्स ५३ दशमलव ५४ र जीवन बीमा १९७ विन्दुले वृद्धि भएको छ ।

बढेको बजारमा नागरिक लगानी कोष, गरिमा विकास लघुवित्त वित्तीय संस्था, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी, अरुण कोवेली पावर, सिटी एक्सप्रेस फाइनान्स कम्पनी, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था, साङ्ग्रिला डेभलपमेन्ट बैंक, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् ।

सिद्धार्थ इक्विटी फण्ड, गण्डकी विकास बैंक, हिमालयन डिस्टिलरी, अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट, गुर्खाज फाइनान्स, मल्टिपर्पोज फाइनान्स कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंकका शेयरधनीले बढी गुमाएका छन् ।

वि.सं.२०७५ माघ १ मंगलवार १८:५६ मा प्रकाशित

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले...

नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण

नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले...

राजस्व कार्यालयद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन

राजस्व कार्यालयद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आवको नौ...

प्रधानन्यायाधीशद्वारा नवनियुक्त गभर्नरमा डा पौडेललाई शपथ

प्रधानन्यायाधीशद्वारा नवनियुक्त गभर्नरमा डा पौडेललाई शपथ

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल राष्ट्र बैंकको नवनियुक्त...

पाँच हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

पाँच हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय...

डलर र यूरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलर र यूरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...