२ माघ काठमाडौ । नेपाल आयल निगमको इन्धन भण्डारका लागि जग्गा खरिदमा भएको अनियमितता र सबा ६१ करोड रुपैयाँ आयकर राजस्व छलीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बसेको छ ।
जग्गा खरिद अनियमिततामा मुछिएका निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध अकुत सम्पत्ति आजैन गरेको आरोपमा मुद्धा दायर गरेपनि जग्गा खरिद अनियमितताका विषयमा कारबाही प्रक्रिया अघि नबढाएपछि अख्तियारको भूमिकामाथि प्रश्न उठेको हो ।
स्रोतका अनुसार शक्ति दलाल समुहको प्रभावमा परेर अख्तियारले खड्कालाई मात्र मुद्धा दायर गरेर जग्गा खरिद अनियमितता र राजस्वछली गर्ने अन्य पक्षको अनुसन्धानलाई थाती राखेको छ । आजको नागरिक दैनिक समाचारमा छ ।
वि.सं.२०७५ माघ २ बुधवार ०८:२५ मा प्रकाशित