२ माघ काठमाडौ । नेपाली कांग्रसका युवा नेता प्रदीप पौडेलले सरकारको मनपरी रोक्न सडकमा आन्दोलनको विकल्प नभएको बताएका छन् । राजधानीमा मंगलबार जुम्ला काठमाडौ सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले सरकार मनपरी ढंगबाट अघि बढेकोले सडक आन्दोलनको आवश्यकता देखिएकोबताएका हुन् ।
उनले संसद् पछिल्लो समय कांग्रेसले प्रतिपक्षको भुमीका समेत राम्रोसँग निर्वाह गरिरहेको भन्दै अझै प्रभावकारी रुपमा पार्टीको भूमीकालाई अगाडि बढाउन आवाश्यक रहेको औल्याए । आजको राजधानी दैनिक समाचारमा छ ।
वि.सं.२०७५ माघ २ बुधवार ०८:३३ मा प्रकाशित