back

भक्तपुरका भूकम्पपीडितलाई तिहारपछि मात्र अनुदान

वि.सं.२०७३ कात्तिक १० बुधवार

561 

shares
IME Limited
NTC AD

१० कात्तिक,भक्तपुर  । भक्तपुरका भूकम्प प्रभावितलाई तिहारपछि मात्रै अनुदान रकम वितरण गरिने भएको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना इकाइ कार्यालयले स्थानीय निकायमार्फत भूकम्प प्रभावितलाई पहिलो किस्ताबापतको रु ५० हजार तिहारपछि मात्रै वितरण गरिने भएको हो ।

भूकम्पीय आवास पुनर्निर्माण परियोजना, जिल्ला आयोजना कार्यान्वयन समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइरालाले लाभग्राहीको अन्तिम नामावली आउने क्रम जारी रहेकाले तिहार अगाडि अनुदान वितरण गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “शुक्रबारसम्म लाभग्राहीको अन्तिम नामावली आइपुग्छ, दाबी विरोध गर्नेसहितको एकसाताको म्याद सकिएलगत्तै अनुदान वितरण गर्छौँ ।”

तिहारलगत्तै जिल्लाका छ वटै नगरपालिकाकाको वडा कार्यालयमा नामावली टाँसेपछि त्यसको एकसातामै वडा कार्यालयबाट अनुदान वितरण गरिने भएको छ । भक्तपुरमा अहिलेसम्म २४ हजार ९०२ जना भूकम्प प्रभावितको पहिचान भएको समितिका उपसंयोजक दीपक पाठकले जानकारी दिनुभयो ।

यसमध्ये भक्तपुर नगरपालिकामा छ हजार ८८८, नगरकोट नगरपालिकामा चार हजार ९१९, अनन्तलिङ्गेश्वर नगरपालिकामा तीन हजार ५४, चाँगु नगरपालिकामा पाँच हजार २८४, सूर्यविनायक नगरपालिकामा तीन हजार ६१७ र मध्यपुरथिमि नगरपालिकामा एक हजार १४० जना लाभग्राहीको पहिचान भएको छ ।रासस

वि.सं.२०७३ कात्तिक १० बुधवार १३:३६ मा प्रकाशित

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

स्याङ्जा । नेपाल तान्त्रिक झाँक्री संघका अध्यक्ष धर्मगुरु प्रकाश भुजेलले...

प्रधानमन्त्री केपी शर्मा ओली झापामा

प्रधानमन्त्री केपी शर्मा ओली झापामा

झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा...

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

ढोरपाटन, (बागलुङ) । बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि...

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले देशमा जनसङ्ख्या वृद्धिदर...

तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप

तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लम्पीस्किन रोगविरुद्ध सञ्चालन गरेको खोप...

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले रसुवामा हालै...