back
CTIZAN AD

भक्तपुरका भूकम्पपीडितलाई तिहारपछि मात्र अनुदान

वि.सं.२०७३ कात्तिक १० बुधवार

945 

shares

१० कात्तिक,भक्तपुर  । भक्तपुरका भूकम्प प्रभावितलाई तिहारपछि मात्रै अनुदान रकम वितरण गरिने भएको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना इकाइ कार्यालयले स्थानीय निकायमार्फत भूकम्प प्रभावितलाई पहिलो किस्ताबापतको रु ५० हजार तिहारपछि मात्रै वितरण गरिने भएको हो ।

भूकम्पीय आवास पुनर्निर्माण परियोजना, जिल्ला आयोजना कार्यान्वयन समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइरालाले लाभग्राहीको अन्तिम नामावली आउने क्रम जारी रहेकाले तिहार अगाडि अनुदान वितरण गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “शुक्रबारसम्म लाभग्राहीको अन्तिम नामावली आइपुग्छ, दाबी विरोध गर्नेसहितको एकसाताको म्याद सकिएलगत्तै अनुदान वितरण गर्छौँ ।”

तिहारलगत्तै जिल्लाका छ वटै नगरपालिकाकाको वडा कार्यालयमा नामावली टाँसेपछि त्यसको एकसातामै वडा कार्यालयबाट अनुदान वितरण गरिने भएको छ । भक्तपुरमा अहिलेसम्म २४ हजार ९०२ जना भूकम्प प्रभावितको पहिचान भएको समितिका उपसंयोजक दीपक पाठकले जानकारी दिनुभयो ।

यसमध्ये भक्तपुर नगरपालिकामा छ हजार ८८८, नगरकोट नगरपालिकामा चार हजार ९१९, अनन्तलिङ्गेश्वर नगरपालिकामा तीन हजार ५४, चाँगु नगरपालिकामा पाँच हजार २८४, सूर्यविनायक नगरपालिकामा तीन हजार ६१७ र मध्यपुरथिमि नगरपालिकामा एक हजार १४० जना लाभग्राहीको पहिचान भएको छ ।रासस

वि.सं.२०७३ कात्तिक १० बुधवार १३:३६ मा प्रकाशित

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६...