back

भूकम्प प्रतिरोधी भवन निर्माणबारे जानकारी

वि.सं.२०७५ माघ २ बुधवार

1.1K 

shares
GLOBAL IME AD
NTC AD

२ माघ, दुल्लु । एक्काइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज बिहान दैलेखमा भूकम्प प्रतिरोधी भवन निर्माणबारे जानकारी गराइएको छ । ‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न सङ्घ, प्रदेश र स्थानीय सरकार’ भन्ने मूल नारासहित भूकम्प सुरक्षा दिवस मूलसमारोह समिति दैलेखद्वारा आयोजित कार्यक्रममा भूकम्प प्रतिरोधी भवन निर्माणको प्रविधिबारे सर्वसाधारण नागरिकलाई जानकारी गराइएको हो ।

विपद् व्यवस्थापनका लागि जिल्ला अगुवाई सहयोगी संस्था सोसेकका उप–कार्यकारी निर्देशक वसन्त श्रेष्ठले प्रविधिबारे जानकारी गराएका हुन् । उनले भवनसंहिता र भवन निर्माण मापदण्ड, भवन निर्माण संहितामा समावेश गरिएका विषय प्रष्ट्याएका थिए । उपकार्यकारी निर्देशक श्रेष्ठले भवनका प्रकार, पिलरवाला भवन बनाउँदा ध्यान दिनुपर्ने विषय र गारोवाला भवन निर्माण गर्दा ध्यान दिनुपर्ने विषय जानकारी गराएका थिए ।

सो अवसरमा भूकम्प, विपद् व्यवस्थापन सम्बन्धी नीति नियमावली, २०७२ वैशाखमा गएको भूकम्पबारे क्षतिबारे जानकारी दिनुका साथै नेपालमा भूकम्पको कारणबारे सर्वसाधरणलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्काले भूकम्प प्रतिरोधी भवन निर्माण गर्न सबैलाई आह्वान गरे । उनले सरकारले तयार पारेको घर बनाउने ५५ वटा मापदण्डअनुसार भवन निर्माण गर्नुपर्ने बताउँदै सरकारी तथा गैरसकारी कार्यालयको बजार केन्द्रित कार्यक्रम ग्रामीण बस्तीमा लैजान आग्रह गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्न लागिएको बताउँदै उक्त योजना बनाउने जिम्मा विपद् व्यवस्थापनका लागि जिल्ला अगुवाई सहयोगी संस्था सोसेकलाई दिइएको जानकारी गराए ।

वि.सं.२०७५ माघ २ बुधवार १४:०३ मा प्रकाशित

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकामा व्यवसायिक मौरी पालन सम्वन्धि १६...

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बागमती । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै...

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका...

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ढोरपाटन (बागलुङ) । दुई दशक अगाडि ट्रर्याक खुलेको गलकोट–ताराखोला सडक...

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

गलकोट (बागलुङ) । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले...

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

झापा । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले...