back

सात विन्दुले घट्यो शेयर बजार

वि.सं.२०७५ माघ २ बुधवार

615 

shares

२ माघ, काठमाडौँ । धितोपत्र बजारमा बुधबार शेयरको मूल्य ओरालो लागेको छ । मङ्गलबार उच्च अङ्कले बजार वृद्धि भएको भए पनि आज त्यो क्रम अगाडि बढ्न सकेन ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ७ दशमलव ५७ विन्दुले घटेर एक हजार १८७ दशमलव ९७ विन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक आज दुई दशमलव ०५ विन्दुले घटेर २५१ दशमलव ५० विन्दुमा पुगेको छ ।

स्टकका अनुसार आज कूल १६९ कम्पनीको १७ लाख ४४ हजार १८७ कित्ता शेयर रु ५३ करोड ६ लाख ५१ हजार ४३५ मूल्यमा खरीद बिक्री भयो । आज कारोवार भएका कूल एघार उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा वृद्धि भए भने आठ उपसमूहको शेयर भने आज घटेका छन् ।

व्यापार एक दशमलव ८६,जलविद्युत् २२ दशमलव ८३, उत्पादन दुई दशमलव ८९ विन्दुले बढेका छन् । बैंकिङ पाँच दशमलव दुई, होटल दुई दशमलव ४४, विकास बैंक एक दशमलव ४१, फाइनान्स दुई दशमलव ३२, निर्जीवन बीमा ११२ दशमलव १८, अन्य १२ दशमलव ६१, लघुवित्त १५ दशमलव ६८ र जीवन बीमा ७३ दशमलव शून्य चार विन्दुले घटेका छन् ।

घटेको बजारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी, नेपाल हाइड्रो डेभपलर्स, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, साङ्ग्रिला डेभलपमेन्ट बैंक, सिटी एक्सप्रेस फाइनान्स कम्पनी, श्रीराम सुगर मिलका शेयरधनीले आज कमाएका छन् । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, मिसन डेभपमेन्ट बैंक, बुटवल पावर कम्पनी, सेन्ट्रल फाइनान्स कम्पनी, हिमालयन पावर पार्टनरका शेयरधनीले आज गुमाएका छन् ।

वि.सं.२०७५ माघ २ बुधवार १७:३१ मा प्रकाशित

Himalayan Life AD
बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

काठमाडौं । होटेलमा बन्धक बनाएर १३ वर्षीया बालिकालाई बलात्कार गरेको...

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने...

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन...

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौँ । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र...

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र...

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय...