Logo
२७ जेष्ठ २०८०, शनिबार
     Sat Jun 10 2023
E-paper
  English Edition
   Unicode
Logo

सात विन्दुले घट्यो शेयर बजार



२ माघ, काठमाडौँ । धितोपत्र बजारमा बुधबार शेयरको मूल्य ओरालो लागेको छ । मङ्गलबार उच्च अङ्कले बजार वृद्धि भएको भए पनि आज त्यो क्रम अगाडि बढ्न सकेन ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ७ दशमलव ५७ विन्दुले घटेर एक हजार १८७ दशमलव ९७ विन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक आज दुई दशमलव ०५ विन्दुले घटेर २५१ दशमलव ५० विन्दुमा पुगेको छ ।

स्टकका अनुसार आज कूल १६९ कम्पनीको १७ लाख ४४ हजार १८७ कित्ता शेयर रु ५३ करोड ६ लाख ५१ हजार ४३५ मूल्यमा खरीद बिक्री भयो । आज कारोवार भएका कूल एघार उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा वृद्धि भए भने आठ उपसमूहको शेयर भने आज घटेका छन् ।

व्यापार एक दशमलव ८६,जलविद्युत् २२ दशमलव ८३, उत्पादन दुई दशमलव ८९ विन्दुले बढेका छन् । बैंकिङ पाँच दशमलव दुई, होटल दुई दशमलव ४४, विकास बैंक एक दशमलव ४१, फाइनान्स दुई दशमलव ३२, निर्जीवन बीमा ११२ दशमलव १८, अन्य १२ दशमलव ६१, लघुवित्त १५ दशमलव ६८ र जीवन बीमा ७३ दशमलव शून्य चार विन्दुले घटेका छन् ।

घटेको बजारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी, नेपाल हाइड्रो डेभपलर्स, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, साङ्ग्रिला डेभलपमेन्ट बैंक, सिटी एक्सप्रेस फाइनान्स कम्पनी, श्रीराम सुगर मिलका शेयरधनीले आज कमाएका छन् । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, मिसन डेभपमेन्ट बैंक, बुटवल पावर कम्पनी, सेन्ट्रल फाइनान्स कम्पनी, हिमालयन पावर पार्टनरका शेयरधनीले आज गुमाएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर । तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले

(नारायण ढुङ्गाना) काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको

काठमाडौं । गंगा दाहाल पछिल्लो समय सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा चर्चाको पात्र बनिरहेकी छिन्

काठमाडौँ । अहिले नेपालको समसामायिक विषयको बनेको छ ‘ग्रेटर नेपाल’ को नक्शा । भारतले