३ माघ काठमाडौ । कानुन भन्छ– विदेशमा लगानी गर्न पाइँदैन । तर, यस्तो व्यवस्थाविपरीत ५५ नेपालीले विभिन्न देशमा लगानी गरेको भेटिएको छ । लगानी गर्नेमा व्यापारीहरु मात्रै छैनन् प्राध्यापक, डाक्टर, पुर्वसांसद, नेता र समाजमा नामै नसुनीएका व्यक्तिसमेत छन् ।
५४ वर्षअघि बनेको नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१ ले विदेशमा नतेपालीलाई लगानी गर्न रोक लगाएको छ । अन्तराष्ट्रिय खोज पत्रकारहरुको संयन्त्र दीइन्टरनेसनल कन्ससोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस् आईसीआईजे ले उपलब्ध गराएको विवरण र खोज पत्रकारिता केन्द्र नेपाल खोपकेले गरेको थप अनुसन्धानले ५५ जना नेपालीले विदेशमा लगानी गरेको फेला परेको छ । आजको अन्नपुर्ण दैनिक समाचारमा छ ।
वि.सं.२०७५ माघ ३ बिहीवार ०७:५१ मा प्रकाशित