३ माघ काठमाडौ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले निजी विद्यालयलाई एक दशकभित्र सेवामुलक बनाउने नीति अवलम्बन गर्न सरकारलाई सिफारिस गरेको छ ।यसअघि आयोगले निजीलाई ७ वर्षभित्र गैरनाफामूलक सार्वजनिक विद्यालयमा रुपान्तरण गर्ने मस्यौदा प्रतिवेदन सार्वजनिक गरेको थियो ।
निजी विद्यालय सन्चालनको असन्तुष्टिपछि आयोगले प्रतिवेदनमा १० वर्षे समयावधि तोकेको हो । आयोगले मंगलबार प्रधानमन्त्री केपी ओलीलाई बुझाएको प्रतिवेदन भने सार्वजनिक गरिएको छैन ।
नियमनमा कडाई गर्दै एकदशकभित्र नाफामूलक निजी विद्यालय नरहने व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छौ , आयोगका एक सदस्यले बताए । आजको कान्तिपुर दैनिक समाचार छ ।