३ माघ नवलपरासी । इन्दिरा चिनी मिल प्रतापपुर गङ्गापुरबाट पश्चिम नवलपरासीका उखु किसानहरु आजित भएका छन् ।
चिनी मिलले उखु किसानहरुको भुक्तानी नदिएको र किसानले आफ्नो पैसा माग्न जादा मिलका कर्मचारीहरुले किसानहरुलाई पैसा नदिनुको साथै अभद्र व्यवहार गर्ने गरेको प्रतापपुर गाउँपालिकाको बेलाटारीमा भएको किसानहरुको समस्या र समाधान विषयक सर्वपक्षीय छलफल कार्यक्रममा किसानहरुले बताएका थिए ।
उखु उत्पादक कृषक समिति नवलपरासीको आयोजना प्रतापपुर गाउँपालिकाको बेलाटारी क्याम्पसमा भएको किसानहरुको समस्या समाधान विषयक सर्वपक्षीय छलफल कार्यक्रममामा उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेश यादव,पुर्व सांसद देवकरण प्रसाद कलवार,स्थानीय जनप्रतिनिधि,बाग्मती खडसारी चिनी मिल कुडियाका मिल मालिक राम थापा मगर, मिलका महाप्रबन्धक सुरेन्द्र प्रसाद शुक्लाको उपस्थिति रहेको थियोे । भने सुनवल चिनी मिलका मालिक र कर्मचारीहरुको उपस्थिति रहेको थिएन ।
सो कार्यक्रममा बाग्मती खडसारी चिनी मिल कुडियाका मिल मालिक राम थापा मगरले आफू किसानहरु प्रति चासो राख्ने ब्यक्ती रहेको र किसान रहे बल्ल आफू मिल मालिक बन्ने बताए । साथै थापाले बाग्मती खडसारी चिनी मिल कुडिया एक दुई दिन भित्र संचालनमा ल्याउने कार्यक्रममा उपस्थित ु किसानहरुसंग प्रतिबद्धता गरेका छन् । यस कार्यक्रममा बोल्दै बाग्मती खडसारी सुगर मिल कुडियाका मिल मालिक थापाले चिनीको मुल्य नतोक्ने र उखुको मुल्य मात्र तोकेर मिल संचालनको विकल्प नरहेको उनले बताए ।
यस कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले गत बर्ष चिनी मिलले किसान हरुको खेतमै रहदा रहदै मिल बन्द गरेको र सुनवल मिल्ल का संचालक को मृत्यु भएको कारण बाग्मती चिनी मिलले सबै उखु क्रसिङ गरेर मात्र मिल बन्द गरेर किसानको पक्षमा रहेको हुँदा मिल संचालक लाई धन्यवाद समेत दिएका थिए ।
उक्त भेलामा उपस्थित किसानको तर्फबाट बृन्दमोहन यादव, ऋषि पटेल, जितराम पन्जियार, मणि त्रिपाठी र भिम लाल न्यौपाने लगाएत का ब्यक्ती ले बिचार राखेका थिए ।
वि.सं.२०७५ माघ ३ बिहीवार ०९:२२ मा प्रकाशित