back

बेलायती प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव विफल

वि.सं.२०७५ माघ ३ बिहीवार

573 

shares

३ माघ, लन्डन । बेलायती प्रधानमन्त्री थेरेसा मे विरुद्ध संसद्मा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ । युरोपेली युनियन (इयू)बाट बेलायत बाहिरिने (ब्रेक्जिट) सम्बन्धी इयूसँग भएको सम्झौता हाउस अफ कमन्सले अस्वीकृत गरेलगत्तै मुख्य विपक्षी दल लेबर पार्टीले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

हाउस अफ कमन्समा लामो छलफल पश्चात् बुधबार राति भएको मतदानमा प्रधानमन्त्रीको पक्षमा ३२५ र विपक्षमा ३०६ मत परेको थियो । प्रधानमन्त्री मे विरुद्ध ल्याइएको यो पहिलो अविश्वासको प्रस्ताव थियो ।

गत मङ्गलबार ब्रेक्जिट अनुमोदनसम्बन्धी मतदानमा सरकारको पक्षमा २०२ र विपक्षमा ४३२ मत परेको थियो । इयूसँग भएको ब्रेक्जिट सम्झौतालाई बेलायती संसदले अनुमोदन गर्नुपर्ने प्रावधान छ ।

संसद्मा अविश्वास प्रस्ताव असफल भएसँगै प्रधानमन्त्री थेरेसा मेले विभिन्न दल र पक्षसँग छलफल शुरु गरेकी छन् । उनले भनिन्, “वार्ता निकै रचनात्मक ढङ्गबाट अगाडि बढेका छन् र हामीले कुनै पनि स्थितिमा समाधान खोज्नै पर्दछ ।”

लेबर पार्टीका नेता जेरेमी कोर्बिनसँग प्रधानमन्त्रीको भेटवार्ता भएको छैन । कोर्बिनले ब्रेक्जिट सम्झौता फिर्ता नलिएसम्म प्रधानमन्त्रीसँग वार्ता गर्नुको कुनै अर्थ नभएको बताएका छन् ।

युरोपेली कुटनीतिज्ञले ब्रेक्जिट सम्झौता लागू हुने दिन अति नजिक आइसकेकाले पुनः छलफल गरी संसद्बाट अनुमोदन गर्न सम्भव नभएको बताएका छन् । उनीहरुले ब्रेक्जिट सम्झौता स्थगन हुनसक्ने अनुमान गरेका छन् ।

प्रधानमन्त्री मेले बुधबार संसद्मा मुख्यगरी दुईवटा विषयमा सांसदको ध्यानाकर्षण गर्नुभएको थियोःइयूबाट हुने आप्रवासन र स्वतन्त्र व्यापार नीति ।

दुबै बुँदा लेबर पार्टीको सिद्धान्त विपरीत छन् ।

प्रधानमन्त्री थेरेसाले ब्रेक्जिट कार्यान्वयनमा ढिलाई गर्न चाहेमा इयूका सबै २७ मुलुकले हस्ताक्षर गर्नुपर्ने हुन्छ । तर मेले ब्रेक्जिट कार्यान्वयनमा ढिलाई नगर्ने दृढता व्यक्त गरेकी छन् ।

फ्रान्सेली राष्ट्रपति इमानुएल माँक्रोले ब्रेक्जिटमा रहेका केही बुँदामा संशोधन गर्न सकिए पनि त्यो अहिल्यै सम्भव नरहेको बताए ।

जर्मन चान्सलर एन्गेला मर्केलले वार्ताका लागि अझै पनि समय रहेको बताउँदै लन्डनले स्पष्ट र एकीकृत धारणा ल्याउनुपर्ने आवश्यकता औंल्याइन् । उनले बेलायती प्रधानमन्त्रीको नयाँ प्रस्तावको प्रतीक्षा गरिरहेको बताइन् ।

वि.सं.२०७५ माघ ३ बिहीवार १५:५९ मा प्रकाशित

Himalayan Life AD
अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

लस एन्जलस  । अमेरिकी राज्य अलास्का र क्यानाडाको युकोन क्षेत्रको...

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

मुम्बई । भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइटक्लबमा...

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ । हङकङका नेता जोन लीले गत हप्ता एउटा अपार्टमेन्ट...

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्ली । पछिल्लो समयमा बढ्दो वायु प्रदुषणका कारण भारतको नयाँदिल्ली...

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

खुल्ना (बङ्गलादेश) ।  विशाल हिमाली नदीहरू समुद्रको अँगालोमा प्रवेश गर्ने बङ्गलादेशको...

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

क्वालालम्पुर (मलेसिया) । मलेसियामा हालै आएको बाढीको कारण दश हजार...