back

हुवावे विरुद्ध फौजदारी अनुसन्धान गर्ने अमेरिकी योजना

वि.सं.२०७५ माघ ३ बिहीवार

474 

shares
GLOBAL IME AD
NTC AD

३ माघ, वासिङटन ।  अमेरिकी अधिकारीले चीनको विशाल प्राविधिक कम्पनी हुवावे विरुद्ध फौजदारी अभियोगमा अनुसन्धान गर्ने अन्तिम तयारी गरेको अमेरिकी अखबार वालस्ट्रिट जर्नलले जनाएको छ ।

गोप्य स्रोतको हवाला दिँदै जर्नलले अमेरिकी न्याय विभागले हुवावेको व्यावसायिक साझेदारबाट व्यापारिक गोप्य सूचना चोरी गरेको आरोपका बारेमा अध्ययन गरिरहेको बताएको छ । हुवावेको व्यवसायिक साझेदार टी–मोबाइलको स्मार्टफोन जाँच गर्ने रोबोटिक उपकरणको चोरी गरेको विषयमा समेत अनुसन्धान भइरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी कम्पनीको गोपनीयता, प्रविधि र रोजगारी खासेको आरोप लगाउँदै आएका छन् । उनले चीनसँग बढ्दो व्यापार घाटा नियन्त्रण गर्न २०० अर्ब डलर बराबरका चिनीया सामानमा २५ प्रतिशतसम्म करवृद्धि गर्नुभएको छ । चीनले पनि प्रतिशोध स्वरुप अमेरिकी सामानमा करवृद्धि गरेको छ ।

अमेरिकी प्रविधि क्षेत्रका ठूला कम्पनी हुवावे र जेडटीइमाथि प्रविधिको प्रयोगमार्फत सूचना चोरी गरेको आरोपमा अमेरिकी नेतृत्वमा विश्वभर नै दबाब सिर्जना गरिएको छ ।

हुवावे र न्याय विभाग दुबैले उक्त समाचारका बारेमा कुनैपनि टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

हुवावेले सन् २०१७ मै हुवावे र टी–मोबाइलबीचको विवाद टुङ्गिएको जनाएको छ । अमेरिकी जुरीको आदेशमा दुई कम्पनीबीच भएको व्यवसायिक साझेदारीमा कुनै नोक्सानी नभएको तथा जानाजान कुनै उपकरण हात नपारेको उल्लेख छ । तर टी–मोबाइलले आफ्नो व्यापारिक गोपनीयता चोरी गरेको आरोप हुवावेमाथि लगाएको छ ।

अमेरिकी न्याय विभागको उक्त नयाँ कदमले चीन र अमेरिकाबीच पहिल्यैदेखि जारी व्यापार विवादलाई अरु बढाउने चर्चा शुरु भएको छ । हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाओको क्यानाडामा भएको गिरफ्तारीले चीनसँग अमेरिका र क्यानाडाको सम्बन्धमै तिक्तता आएको छ ।

वि.सं.२०७५ माघ ३ बिहीवार १६:०४ मा प्रकाशित

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

रायपुर । भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा...

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

टोकियो । चामलको बढ्दो मूल्यको सामना गरिरहेको जापानमा चामलका बारेमा...

बन्दुकधारीद्वारा मध्य मेक्सिकोमा ७ जनाको हत्या

बन्दुकधारीद्वारा मध्य मेक्सिकोमा ७ जनाको हत्या

सेलाया (मेक्सिको) । बन्दुकधारीहरूले मेक्सिकोको सबैभन्दा घातक राज्यमा केही नाबालिगसहित...

डब्लुएचओद्वारा ऐतिहासिक महामारी सम्झौता स्वीकृत

डब्लुएचओद्वारा ऐतिहासिक महामारी सम्झौता स्वीकृत

जेनेभा । संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)...

गाजामा इजरायली हमलामा ६० जनाको मृत्यु

गाजामा इजरायली हमलामा ६० जनाको मृत्यु

देइर अल-बालाह (गाजा पट्टी) । इजरायली आक्रमणबाट सोमबार रातिदेखि मङ्गलबारसम्म...

ट्रम्पलाई पुटिनको वार्ताको वाचा, तर युक्रेनमा युद्धविराम नगर्ने

ट्रम्पलाई पुटिनको वार्ताको वाचा, तर युक्रेनमा युद्धविराम नगर्ने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर...