Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

सुडानमा सरकार विरोधी चर्कियो, “राजीनामा दिन्न” राष्ट्रपति बासिर



photo -Agency

३ माघ, खार्तुम ।  सुडानमा खाद्यान्न र इन्धनको मूल्यवृद्धिको विरोधमा राष्ट्रपतिकै राजीनामा माग गर्दै शुरु भएको प्रदर्शन एक महिना पुगिसकेको छ तर राष्ट्रपति ओमार अल–बासिर राजीनामा नदिनेमा दृढ देखिएका छन् ।

प्रदर्शनका आयोजकले राजधानी खार्तुमस्थित राष्ट्रपति कार्यालय अघिल्तिर विशाल प्रदर्शनमा सहभागी गराउन मानिसलाई गाउँगाउँबाट ल्याइरहेका छन् । सुडानका अरु शहरमा पनि दिनहुँ प्रदर्शन भइरहेका छन् ।

मानवअधिकार समूह ह्यूमन राइट्स वाचले प्रदर्शनका क्रममा सुरक्षा फौजको कारबाहीमा बालबालिका समेत ४० जनाभन्दा बढीको मृत्यु भइसकेको जनाएको छ ।

राष्ट्रपति बासिर सन् १९८९ देखि सुडानको राष्ट्रपतिमा छन् । सुडान विज्ञहरुका अनुसार यसपटक राष्ट्रपति बासिरमाथि सबैभन्दा ठूलो चुनौती खडा भएको छ ।

खार्तुम प्रदर्शनमा सहभागी २८ वर्षीय अदेल इब्राहिमले वर्तमान सत्ता परिवर्तन नहुँदासम्म प्रदर्शनमा सहभागी भइरहने बताएका छन् । “हामी हाम्रो भविष्य र हाम्रो राष्ट्रको भविष्य सुरक्षित राख्न प्रदर्शन गरिरहेका छौं ।”

सरकार विरोधी प्रदर्शन शुरुमा आटबारा सहरबाट थालनी भएको थियो । सुडानको पूर्वीभेगमा रहेको यो शहर सरकार विरोधीका रुपमा पहिल्यैदेखि परिचित छ । केही दिनभित्रै यो प्रदर्शन अरु प्रान्त र राजधानी खार्तुममा शुरु भएको थियो ।

परम्परागतरुपमा राष्ट्रपति बासिरको पकड क्षेत्रका रुपमा रहेका पोर्ट सुडान, गादारेफ, कासालासमेतका शहर तथा गाउँबस्ती पनि यसपटक बासिरको राजीनामाको पक्षमा उभिएका छन् । पश्चिमी डार्फर क्षेत्रमा पनि बासिर विरुद्ध प्रदर्शन हुन थालेका छन् ।

मानिसहरुलाई प्रदर्शनमा सहभागी गराउन सामाजिक संजालको निकै बढी प्रयोग हुन थालेको छ । मानिसहरुले “शान्ति, स्वतन्त्रता, न्याय”को पक्षमा गरेका नाराबाजीलाई सामाजिक संजालमा लगातार समावेश गर्ने गरिएको छ ।

आमजनताको स्वःस्फूर्त सहभागिताप्रति अधिकारीसमेत आश्चर्यचकित भएको पाइएको छ ।
सुडानको अर्थतन्त्र कमजोर हुनुमा संयुक्तराज्य अमेरिकाको प्रमुख भूमिका रहेको अधिकारीको भनाइ छन् । अमेरिकाले सन् १९९७ मा सुडानविरुद्ध व्यापार प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्ध सन् २०१७ को अक्टोबरमा मात्र फुकुवा गरिएको छ । अमेरिकी प्रतिबन्धका कारण सुडानले अन्तरराष्ट्रिय व्यापारिक कारोबार गर्न पाएको थिएन ।

बासिरले सोमबार डार्फरमा आयोजित एक सभामा सम्बोधन गर्दै प्रदर्शनकै कारण सरकार परिवर्तन हुन नसक्ने बताएका छन् । उनले भने, “सत्तामा परिवर्तन मतदानबाट मात्र हुन्छ । सुडानी जनताले सन् २०२० मा हुने चुनावमा यसको निर्णय गर्नेछन् ।” राष्ट्रपति बासिर पनि उक्त चुनावमा तेस्रो पटक उठ्ने तयारीमा छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय