back

अन्तराष्ट्रिय हरियाली मञ्च (जिआइसी) को अधिबेशन सम्पन्न (भिडियोसहित)

वि.सं.२०७५ माघ ३ बिहीवार

480 

shares
GLOBAL IME AD
NTC AD

३ माघ, काठमाडौं । अन्तरािष्ट्रय हरियाली मञ्च (जिआइसी) को पहिलो अधिबेशन सम्पन्न भएको छ ।
पुस २८ का दिन काठमाडौंको रक हाउसमा सम्पन्न अधिबेशनले सुलोचना मगरको नेतृत्वमा नयाँ कार्यसमितिको चयन समेत गरेको छ ।

जसको उपाध्यक्षहरुमा धनबीर राई, हेन्खामा साङ्मेन राई, जन्मजय साङपाङ, कोषाध्यक्षमा जयन्ती लावती, सहकोषाध्यक्षमा सरिता लावती, सचिवमा सम्पदा योङ्या र सहसचिवमा सुनिता राई, तथा सदस्यहरुमा उमेश राई, र रश्मी राई चयन भएको क्लवका संस्थापक अध्यक्ष रमेशचन्द्र राईले बताएका छन् ।

समाजसेवी दिलशोभा श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त अधिवेशनमा संगीतकार तथा गायक शम्भु राईको विशेष आतिथ्यता, कफि क्लव नेपाल ललितपुरका अध्यक्ष सीता रानाको आतिथ्यता रहेको थियो ।

त्स्तस्तै ताप्लेजुङ जिल्ला कार्यसमितिको प्रतिनिधित्व गर्दै कमल खड्का र संगीता मादेन, झापा जिल्ला कार्यसमितिको प्रतिनिधित्व गर्दै हिलिहाङ लिम्बू र सन्तोष लिम्बू, सुनसरीको प्रतिनिधित्व गर्दै, मनि काङमाङ र रेश्मी मोक्तान र पाँचथरको प्रतिनिधित्व विवेक लिम्बू र विष्णु चाम्लिङ आएका थिए ।

अभिनेता तथा फिल्म प्रोड्युसर राईको अगुवाईमा २०७३ मा स्थापना भएको मन्चले सन् २०१५ मा सयौं भूकम्प पीडितलाई आर्थिक तथा भौतिक सहयोग पुर्याएको थियो ।

त्यस्तै सुनसरी, झापा, इलाम, ताप्लेजुङ र पाँचथर गरी पाँच जिल्लामा साखा विस्तार गर्नुका साथै सामाजिक रुपमा सक्रिय भूमिका निभाउँदै आएको मन्चले सामाजिक काममा पनि सक्रिय भूमिका खेल्दै आएको छ । क्लवका संस्थापक संरक्षक केशवराम राई हुन् ।

वि.सं.२०७५ माघ ३ बिहीवार १७:०० मा प्रकाशित

आजको मौसम : पहाडी भू भागमा आंशिक बदली हुने पूर्वानुमान

आजको मौसम : पहाडी भू भागमा आंशिक बदली हुने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको...

बाढीले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

बाढीले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको...

जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सिटिइभिटी

जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सिटिइभिटी

चितवन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले ‘एसइई’मा...

देवचुली पर्यटन पदमार्गको सम्भाव्यता अध्ययन कार्यको शुरुवात

देवचुली पर्यटन पदमार्गको सम्भाव्यता अध्ययन कार्यको शुरुवात

काठमाडौँ । देवचुली नगरको दिर्घकालिन पर्यटन विकास गर्ने उद्देश्यका साथ...

तीन हजारभन्दा बढीले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

तीन हजारभन्दा बढीले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य ह्वात्तै घट्ेको छ...

रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने

रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने

तम्घास । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन...