back

सरकारले डा केसीको प्रतिष्ठा बचाउन हरसम्भव प्रयास गर्ने छ– नेता भट्टराई

वि.सं.२०७५ माघ ३ बिहीवार

489 

shares
GLOBAL IME AD
NTC AD

३ माघ, बनियानी ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।

प्रेस चौतरी र प्रेस सेन्टर झापाले आज बिर्तामोडमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, “डा केसीसँग सरकारले छलफल र वार्ता गरेर ‘विन विन’को वातावरण सिर्जना गर्छ, सरकार लचिलो हुन्छ, अघि–पछि हट्छ, हठी हुँदैन ।” डा केसीको प्रतिष्ठा बचाउन हरसम्भव प्रयास गरिने नेता भट्टराईले बताएका छन् ।

चिकित्सा शिक्षा विधेयकमा डा केसीको ९९ प्रतिशत माग सम्बोधन गरिएकाले हठ त्यागेर अनशन तोड्न उनले आग्रह गरेका थिए । “चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना गर्ने कुरा डा केसीकै माग हो”, २०६९ सालमा पहिलो पटक डा केसी अनशन बस्नुभएको स्मरण गराउँदै उनले भने, “विसं २०७० पुस २७ गतेयता पटक–पटकको अनशनमा चिकित्सा शिक्षा विश्वविद्यालय स्थापनाको माग उहाँले गर्दै आउनुभएको छ ।”

डा केसीकै मागअनुसार जाने हो भने आगामी १५ वर्षसम्म मुलुकमा मेडिकल कलेज स्थापना गर्न नसकिने उनको भनाइ थियो । चिकित्सा शिक्षा अध्ययनका लागि वार्षिक अर्बौं रुपैयाँ विदेशिने भएकाले त्यसलाई रोक्न जरुरी रहेको र चिकित्सा विधेयक पास भएपछि त्यस्तो अवस्थाको अन्त्य हुने उनले उल्लेख गरेका थिए ।

“अहिले मापदण्ड नपुगेका मेडिकल कलेज पहुँचको भरमा चलिरहेका छन्, त्यस्ता कलेजको सम्बन्धन खारेज हुन्छ”, भट्टराईले भने, “चिकित्सा विधेयक पास भएपछि कुनै दलको नेता भएकै भरमा मेडिकल कलेज चल्दैन ।” मेडिकल कलेज सञ्चालनका लागि मापदण्ड पुगेको तीन सय श्ययाको अस्पताल तीन वर्ष चलेको हुनुपर्ने प्रावधान चिकित्सा विधेयकमा उल्लेख गरिएको समेत उनले जानकारी दिए ।

काठमाडौँमा विद्यार्थी बेच्ने कारखाना रहेको र त्यस्ता कारखानावालाले डा केसीलाई उचालेको नेता भट्टराईको आरोप थियो । “विदेशका मेडिकल कलेजमा कमिसन लिएर विद्यार्थी बेच्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “त्यस्ता गिरोहले डा केसीलाई उचालेका छन् ।” विसं २०४८ मा काङ्ग्रेस नेतृत्वको सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा गरेको फोहर वर्तमान सरकारले सफा गर्ने काम गरिरहेको नेता भट्टराईले उल्लेख गरेका थिए ।

“काङ्ग्रेसले स्वास्थ्य र शिक्षा क्षेत्रमा विकृति भएको भन्नुअघि आत्मालोचना गर्नुपर्छ”, उनले भन्नुभयो, “काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन ।” काङ्ग्रेसले आफ्नो खस्किँदो राजनीतिक प्रभावलाई जोगाउन भुल्काहरुको सहारा लिइरहेको नेता भट्टराईको भनाइ छ । सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी बढाउँदै व्यवस्थित गर्दै जाने योजनामा रहेको उनले बताएका छन् ।

त्यस्तै नेकपा पार्टी एकताको प्रसङ्गमा नेता भट्टरार्ईले एकताको प्रक्रिया माघ १० देखि १५ गतेसम्ममा टुङ्गिने बताएका छन् । “एकता अन्तिम चरणमा पुगेको छ”, उनले भने, “पार्टी एकतापछि फागुन–चैतभित्रमा देशव्यापी अभियान सञ्चालन गरिनेछ ।”

वि.सं.२०७५ माघ ३ बिहीवार १७:३८ मा प्रकाशित

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र...

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले...

नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण

नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले...

रास्वपाका सभापति लामिछानेको मुद्दामा सुनुवाइ नहुने

रास्वपाका सभापति लामिछानेको मुद्दामा सुनुवाइ नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

पाँच हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

पाँच हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय...

रविको मुद्दामा आज आदेश आउने सम्भाावना कति ?

रविको मुद्दामा आज आदेश आउने सम्भाावना कति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र...