
४ माघ काठमाडौ । सरकारले पानी जहाज चलाउन कार्यालय स्थापना गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १६ जना कर्मचारी रहने गरी पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्का निर्णय बिहीबार सार्वजनिक गर्दै सन्चारमन्त्री गोकुल बाँस्कोटाले अब साँच्चैको पानीजहाज चलाउने दाबी गरे । सप्तकोसीमा पानीजहाज चल्न थालिसकेको बेला सरकारले कार्यालय स्थापना गरी काम अघि बढाउन लागेको उनको भनाइ छ । नेपालमा कागजको पानीजहाज होइन, साँच्चैको चल्छ उनले भने । आजको अन्नपुर्ण पोस्ट दैनिक समाचरमा छ ।