back

पर्वतको विहादीमा आगलागी

वि.सं.२०७५ माघ ४ शुक्रवार

516 

shares
GLOBAL IME AD
NTC AD

४ माघ, पर्वत । दक्षिण पर्वतको बिहादी गाउँपालिका–४ र ५ मा पर्ने वहाकी र उरामपोखराको जङ्गलमा आगालागी भएको छ । स्थानीय ल्होल्से सामुदायिक वन र सालघारी सामुदायिक वनमा बिहीबार बिहान ९ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । वनमा लागेको आगोले सयौँ हेक्टर वन नष्ट गरिसकेको स्थानीयवासी ऋषिराम भुसालले जानकारी दिए ।

आगो अहिले सालघारीमाथिको भीरमा लागिरहेको छ । विहादी–४ वहाकीको लिङ्सिङ, तलातुम र बिहादी– ५ उरामपोखरा लुगरिङ र भतेरपाटाका बासिन्दा आगलागीको जोखिममा पर्नसक्ने स्थानीय प्रहरी चौकीले जनाएको छ । उनीहरुलाई सतर्क रहन आग्रह गरिएको प्रहरीको भनाइ छ ।

बस्तीभन्दा निकै माथिको पहाडमा आगो लागेकाले नियन्त्रणमा लिन नसकिएको स्थानीयवासीले बताएका छन् । आगो नियन्त्रणमा नलिने हो भने हजारौँ हेक्टर क्षेत्रफलमा फैलिएको जङ्गल नष्ट हुने अर्का स्थानीय दिनेश भुसालको भनाइ थियो ।

वि.सं.२०७५ माघ ४ शुक्रवार ०९:२४ मा प्रकाशित

महिलाको हत्या गरी फरार भएका पन्त पक्राउ

महिलाको हत्या गरी फरार भएका पन्त पक्राउ

काठमाडौं । नुवाकोटको सूर्यगढी नगरपालिका–१ की २८ वर्षीया विमला तामाङको...

नेसपाले ‘प्रशंसा अभियान’लाई चुस्त बनाउने

नेसपाले ‘प्रशंसा अभियान’लाई चुस्त बनाउने

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले प्रशिक्षण, सङ्गठन विस्तार...

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

काठमाडौँ । केही दिन अगाडि एक वयस्क महिला छोरालाई कुकुरले...

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई...

प्राध्यापकद्वारा विद्यार्थीहरूमाथि जातीय विभेद !

प्राध्यापकद्वारा विद्यार्थीहरूमाथि जातीय विभेद !

काठमाडौँ । पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमाथि प्राध्यापकले जातीय विभेद...

बाँझो बारीमा आलुखेती गर्दै पालिका

बाँझो बारीमा आलुखेती गर्दै पालिका

पर्वत । मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि...