४ माघ, कोलम्बो । चीनबाट गतवर्ष सन् २०१८ भरीमा दुई लाख ६० हजार पर्यटक श्रीलङ्का आएका छन् । सरकारी अधिकारीले यसवर्ष त्यो भन्दा बढी पर्यटक चीनबाट श्रीलङ्का आउने अपेक्षा गरेका छन् ।
श्रीलङ्काको पर्यटन मन्त्रालयका अधिकारीले बिहीबार दिएको जानकारीअनुसार गत डिसेम्बरमा मात्रै चीनबाट पहाडी मुलुक श्रीलङ्कामा १८ हजार २८३ जनाले भ्रमण गरेका छन् । “हामीले यो वर्ष अघिल्लो वर्ष भन्दा बढी पर्यटक आकर्षित गर्न चाहान्छौँ, विषेश गरेर चीन र भारतबाट धेरै पर्यटक ल्याउन सकिने हाम्रो विश्वास छ,” पर्यटनमन्त्री जेहन अमारातुङ्गाले भने ।
दुई देशलाई लक्षित गरेर केही शहरका बारेमा व्यापक प्रचारप्रसार गर्ने योजना बनाएको पनि उनले जानकारी दिए । सबै देशबाट गरेर गत डिसेम्बर महीनामा मात्रै दुई लाख ५० हजार पर्यटक श्रीलङ्का भित्रिएको श्रीलङ्क पर्यटन विकास प्राधिकरणले जनाएको छ । यो तथ्याङ्क पनि सबै भन्दा उच्च भएको अधिकारीको दाबी छ ।