back

बिरालो मार्ने चालकलाई जेल सजायको फैसला

वि.सं.२०७५ माघ ४ शुक्रवार

465 

shares
GLOBAL IME AD
NTC AD

४ माघ, क्वालालमपुर । मलेसियाको एक जना ट्याक्सी चालकलाई अदालतले दुई वर्षको जेल सजायको फैसला गरेको छ ।

गर्भवती भएको बिरालोलाई मारेको अभियोगमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीले जनाएका छन् ।

जनबर अधिकारवादी कानून व्यवसायी ए मोहनराजले अनावश्यक रुपमा चालकले बिरालोलाई मारेको अभियोग लगाउँदै कारवाहीको माग गरेका थिए ।

क्वालालमपुरदेखि बाहिर रहेको कपडा धुने ठाउँमा गत सेम्टेम्बरमा घटना भएको बेर्नामा समाचार संस्थाले जनाएको छ । बिरालोको हत्या सम्बन्धी दृश्य सिसिटिभीमा खिचिएको थियो र त्यो सामाजिक सञ्जालमा भाइरल भएको थियो । घटनामा दुई व्यक्ति संलग्न थिए ।

एकजना महिलाले मारिएको त्यो बिरालोको शव प्रहरी कार्यालयमा लगेर उजुरी दिएकी थिइन् । दोषी ठहर गरिएको ४२ वर्षीय मोहनराजले आफूले जानीजानी बिरालोको हत्या नगरेको दाबी गर्दै आएका छन् । तर उनको आग्रह र दाबीलाई अस्वीकार गर्दै अदालतले बिहीबार दुई वर्षे जेल सजाय सुनाएको छ ।

यस्तो आरोप लागेका अभियुक्तलाई बढीमा तीन वर्ष जेल सजाय गर्न सकिने कानूनी व्यवस्था भए पनि न्यायधीशहरूले दुई वर्ष तोकेका हुन् ।

अदालतको आदेश आउनु अगाडि अदालतमा उनले भनेका थिए, “मलाई पश्चाताप महशुस भएको छ, सबै मलेसियाली नागरिकसँग म यो अनुरोध गर्दछु की आगामी दिनमा मबाट यस्तो काम हुनेछैन ।”

वि.सं.२०७५ माघ ४ शुक्रवार १०:५४ मा प्रकाशित

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा मस्कोले...

अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क

अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क

  बेइजिङ । कथित डम्पिङमाथि गरिएको अनुसन्धानपछि चीनले सोमबार अमेरिका,...

भारतद्वारा बङ्गलादेशबाट स्थलमार्ग हुँदै आयात हुने सामानमा प्रतिबन्ध

भारतद्वारा बङ्गलादेशबाट स्थलमार्ग हुँदै आयात हुने सामानमा प्रतिबन्ध

नयाँदिल्ली । विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) द्वारा जारी एक निर्देशनपछि...

गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जनाको मृत्यु

गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जनाको मृत्यु

गाजा सिटी । इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक...

युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा

युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर...

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

टेक्सास (अमेरिका) । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीबार सम्पन्न बैठकले...