Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

घर फर्कन नपाएको भन्दै साउदीमा रहेका यादवद्धारा आत्महत्या



वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब आएका एक नेपालीले आत्महत्या गरेका छन् ।
साउदी अरबको जेद्धास्थित इनिसियल साउदी ग्रुप कम्पनीमा कार्यरत बालकुमार यादवले गत जनवरी ९ तारिख घाटिमा पासो लगाइ झुन्डिएर आत्महत्या गरेका हुन् । विगत ३० महिनादेखि उक्त कम्पनीमा कार्यरत यादव छुट्टी काटि ३ महिना पहिले मात्रै साउदी फर्केका थिए ।

जेद्धाबाट रुद्रप्रसाद गिरीले दिएको जानकारी अनुसार घर फर्कन नपाएका कारण यादव निकै तनावग्रस्त थिए । घरेलु समस्याका कारण नेपाल फर्कन चाहेको तर कम्पनीले ७ हजार साउदी रियाल जम्मा गर्नुपर्ने वा कम्पनीका कार्यरत दुई जना जमानत राख्नुपर्ने अड्डि कसेको थियोे । तत्कालै तोकिएको रकम जम्मा गर्न नसक्दा र जमानत बस्ने कुनै साथी नपाएका कै कारण मानसिक पीडा सहन नसकि आत्महत्या गरेको हुनसक्ने गिरीले बताए । ‘घटनाबारे तत्कालै नेपाली महावाणिज्यदूतावास जेद्धामा सम्पर्क गरि जानकारी गराईएको छ’ उनले भने ।

शम्सि नगरपालिका ७ महोत्तरी स्थाइ घर भएका मृतक यादवका घरमा बृद्ध बुबा–आमा, १ छोरी र गर्भवति श्रीमती छन् । घरको आर्थिक स्थिति नाजुक छ भने आयश्रोतको कुनै विकल्प समेत नभएका कारण परिवारको अवस्था निकै दयनीय हुने देखिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित पक्का जस्तै देखिएको छ ।

लाहान । सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की नेतृ रेनु दाहाल विजयी भएकी

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय