back

स्वास्थ्यचौकीलाई स्तरोन्नति गरिने

वि.सं.२०७५ माघ ४ शुक्रवार

483 

shares
GLOBAL IME AD
NTC AD

४ माघ, लहान ।  सिरहाको धनगढीमाई नगरपालिका नैनपुरस्थित स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल सञ्चालन गरिने भएको छ ।

धनगढीमाई नगरपालिकाको हालै सम्पन्न नगरसभाले नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ सेवा ऐन २०७५ स्वीकृत गर्दै नैनपुरस्थित स्वास्थ्यचौकी स्तरोन्नति गरी अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो । नगरको सूचना प्रवाहलाई सूचना प्रविधिमा आधारित बनाउन माघ महीनादेखि राजश्व तथा व्यक्तिगत घटना दत्र्ता अनलाइन प्रविधिमा गर्ने निर्णय समेत गरेको छ ।

नगरपालिकाका प्रमुख हरिनारायण चौधरीको अध्यक्षतामा सम्पन्न नगरसभाले नगरपालिका– १४ वडा अन्तर्गत पर्ने अमले, चट्टान, हात्तीढुङ्गा, दलमे, बिहीबारे, सरें अम्बास, खुट्टी, महाजनी, मड्यान, जरायोटार लगायतका नागरिकको खेतीयोग्य जग्गा उदयपुरको कटारी नगरपालिकामा परेकोले श्रेस्ता सार्ने निर्णय समेत गरेको नगरपालिकाका प्रवक्ता प्रकाश योञ्जनले जानकारी दिए । नगरसभाले खेलकूदको विकासका लागि सबै वडामा खेलमैदान बनाउनेसहित वडा नं ९ मा कबर्ड हल तथा रङ्गशाला निर्माण गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको छ ।

नगरसभाले नगरपालिकाको आर्थिक ऐन २०७५ संशोधन गर्दै आर्थिक वर्ष ०७५÷७६ का लागि विनियोजन गरेको रु ५९ करोड ९९ लाख ७२ हजार बजेट सङ्घीय सरकारले विभिन्न शीर्षकमा थप गरेको सर्त अनुदानको रकम समेत थप गरी रु ६२ करोड नौ लाख ५१ हजार ५३४ कायम गर्ने निर्णय गरेको प्रवक्ता योञ्जनले जानकारी दिए ।

वि.सं.२०७५ माघ ४ शुक्रवार १३:१० मा प्रकाशित

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र...

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले...

नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण

नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले...

रास्वपाका सभापति लामिछानेको मुद्दामा सुनुवाइ नहुने

रास्वपाका सभापति लामिछानेको मुद्दामा सुनुवाइ नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

पाँच हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

पाँच हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय...

रविको मुद्दामा आज आदेश आउने सम्भाावना कति ?

रविको मुद्दामा आज आदेश आउने सम्भाावना कति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र...