
५ माघ, काठमाडौं । नेपालको हवाई इन्धन क्षमता जम्मा ८ हजार ५०६ किलोमिटर छ । मागको आधारमा हवाई इन्धन क्षमता निकै न्यून रहेको नेपाल आयल निगमले जानकारी दिएको छ भने निगमसँग भण्डारण भएको इन्धन क्षमताले १२ दिनलाई पनि पुग्दैन ।
नेपालको ३६ स्थानमा आन्तरिक उडान हुँदै आएको छ । नेपालमा उडान हुने अन्तराष्ट्रिय तथा यहाँका आन्तरिक उडान भर्ने विमानले नेपालमै इन्धन भर्ने गर्छन् । अन्तराष्ट्रिय उडानले नपुग इन्धन मात्र काठमाडौंमा भर्ने गर्दा पनि नेपालको इन्धन क्षमता अत्यन्तै न्यून रहेको हो ।
नेपाल आयल निगमका आपूर्ति तथा विवरण शाखाका उपनिर्देशक विनित उपाध्यायका अनुसार दैनिक हवाई ईन्धन खपत ६५० किलो मिटर छ । आजको राजधानी दैनिकबाट
वि.सं.२०७५ माघ ५ शनिवार ०७:४५ मा प्रकाशित