५ माघ, काठमाडौं । पहिलोपटक मन्त्रीले आफ्नो सुविधा मन्त्रालयबाटै तोक्न पाउने भएका छन् । मन्त्रिपरिषद्को पछिल्लो निर्णयले मन्त्रीले इन्धन, गाडी मर्मतलगायतको सुविधाको तजबिजी आफै गर्न दिने भएको हो ।
यसअघि यस्तो सुविधा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पाउने व्यवस्था थियो । गत शनिबारको मन्त्रिपरिषद्को बैठकले सुविधा सम्बन्धी सबै तजविजी मन्त्रालयलाई सुम्पिदियो ।
मन्त्रीहरुले यसअघि तलब, सुविधा प्रधानमन्त्री कार्यालयबाट लिदैं आएका थिए । त्यो गर्दा पनि मन्त्रीहरुले दोहोरो सुविधा लिने गरेका थिए । यसले राज्यकोषको थप व्ययभार परेको भन्दै सुविधा सम्बन्धित मन्त्रालयबाटै लिने व्यवस्था गरिएको हो । तर सम्बन्धित मन्त्रालयबाट तलबसुविधा लिँदा झन मनपरी हुने देखिएको आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।
वि.सं.२०७५ माघ ५ शनिवार ०८:०४ मा प्रकाशित