back

मृतक परिवारलाई किरिया र उपचार खर्च दिइने

वि.सं.२०७५ माघ ५ शनिवार

492 

shares
GLOBAL IME AD
NTC AD

५ माघ, पर्वत । बिहीबार भएको बस दुर्घटनामा परी मृत्यु भएका यात्रुका परिवार र घाइतेलाई जलजला गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ ।

मृतकका परिवारलाई किरिया खर्चस्वरुप रु १५ हजार र घाइतेलाई उपचारका लागि रु पाँच हजार सहयोग गर्ने गाउँपालिकाले निर्णय गरेको अध्यक्ष यामबहादुर मल्लले जानकारी दिए । उनले भनेृ “जलजलाकै बढी यात्रु दुर्घटनामा मृत्यु तथा घाइते भएकाले पीडित परिवारलाई सहानुभूति स्वरूप सानो सहयोग गर्ने निर्णय गरेका हौँ ।” दुर्घटनामा सो गाउँपालिकाका वडा नं ७ र ८ का गरी चारको मृत्यु भएको थियो ।

त्यस्तै जलजलाकै १४ घाइते भएका छन् । उनीहरूको पोखरा र काठमाडौँका अस्पतालमा उपचार भइरहेको छ । बिहीबार बिहान म्याग्दीको बेनीबाट नारायणगढका लागि हिँडेको ग १ ख ६१०८ नम्बरको बस कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना हुँदा सातको मृत्यु र ३१ घाइते भएका थिए । तीनको घटनास्थलमा र चारको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये नौको काठमाडौँ र २२ को पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

वि.सं.२०७५ माघ ५ शनिवार ०८:५७ मा प्रकाशित

बाल यौन दुरुपयोगको मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

बाल यौन दुरुपयोगको मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

काठमाडौँ । उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोग मुद्दामा आरोपित...

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा...

तत्काल सरकारमा जाने मनस्थितिमा छैन : अध्यक्ष नेपाल

तत्काल सरकारमा जाने मनस्थितिमा छैन : अध्यक्ष नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले...

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

लुम्बिनी । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का...

यौन दुर्व्यवहारमा परेकी युवतीको हत्याको आशङ्का, एक युवा पक्राउ

यौन दुर्व्यवहारमा परेकी युवतीको हत्याको आशङ्का, एक युवा पक्राउ

काठमाडौँ । सप्तरीको सुरुंगा नगरपालिका ७, राम टोलकी एक युवती...

यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

बागमती । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा...