Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

कर्णाली प्रदेशले चिस्यान केन्द्र बनाउने



५ माघ, सुर्खेत । कर्णाली प्रदेश सरकारले चिस्यान केन्द्र निर्माणको प्रक्रिया अघि बढाएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुर्खेतको भेरीगङ्गा नगरपालिका–१० स्थित जनजागृति सामुदायिक वन क्षेत्रमा चिस्यान केन्द्र निर्माण गर्ने तयारी गरेको जनाएको छ ।

सङ्घीय सरकारले पनि वीरेन्द्रनगरमा चिस्यान केन्द्र स्थापना गर्न रु ५० लाख बजेट विनियोजन गरिसकेको छ । जग्गा छनोटसँगै चिस्यान केन्द्रका लागि आवश्यक जग्गा उपलब्ध गराउन सामुदायिक वनलाई अनुरोध गर्ने तयारी भइरहेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले भेरीगङ्गा नगरपालिकाको जडीबिसौने मदानेचौरमा चिस्यान केन्द्र बनाउन लागिएको जानकारी दिइन् । प्रदेश सरकारले चालू आवमा सुर्खेतमा प्रदेशस्तरीय चिस्यान केन्द्र निर्माण गर्न बजेट विनियोजन गरिसकेको छ ।

मन्त्री केसीले जाजरकोट–डोल्पा सडकको छिन्चु खण्डमा चिस्यान केन्द्र बनाउँदा जाजरकोट, डोल्पा, सुर्खेत, सल्यान र रुकुम (पश्चिम) का जनताले लाभ पाउने बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र