६ माघ काठमाडौ । सरकार आफैले घोषणा गरेको मितव्ययी नीतिविपरीत अख्तियार दुरुपयोग अनुसन्धानको आयोगका पदाधिकारी र कर्मचारी सबैलाई यसै महिनादेखि सय प्रतिशत प्रोत्साहन दिने भएको छ । मन्त्रीपरिषद्को पछिल्लो बैठकले अख्तियारको प्रस्तावमा माघ १ गते देखि लागु हुने गरी पदाधिकारी र कर्मचारीलाई मासिक खाइपाई आएको तलब बराबर प्रोत्साहन भत्ता दिने निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७४÷७५ सम्म दुई दर्जनभन्दा बढी कार्यालय कर्मचारीले ५०,८० र १०० प्रतिशतका दरले प्रोत्साहन भत्ता पाउँदै आएका थिए । अघिल्लो र्षि प्रोत्साहन भत्तामा मात्र साढे ५ अर्ब रुपैयाँ खर्च भएको थियो । अर्थमन्त्री युवराज खतिवडाले यस वर्षको बजेटमा मितव्यायी र अनुशासित अर्थनीति अख्तियार गरी सबै कार्यालयको प्रोत्साहन भत्ता बन्द गरेका थिए । आजको कान्तिपुर दैनिक समाचारमा छ ।
वि.सं.२०७५ माघ ६ आइतवार ०७:४६ मा प्रकाशित