back

पसलमा साढे तीन लाखको धनमाल चोरी

वि.सं.२०७५ माघ ६ आइतवार

525 

shares
GLOBAL IME AD
NTC AD

६ माघ, बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाका विभिन्न तीन पसलमा गए राति तोडफोड गरी रु तीन लाख ५० हजारको धनमाल चोरी भएको छ ।

डिलाशैनी–३ पंसेरामा रहेको हरि नाथको पसलबाट नगदसहित रु एक लाख ५० हजार, धनीराम ओडको मोबाइल पसलबाट नगदसहित रु एक लाख २५ हजार र केशव कोलीको किराना तथा मदिरा पसलबाट रु ६६ हजार ८९१ मूल्य बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।

पसलका ताला फुटाएर चोरी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिए । रातिको मौका छोपी चोरी भएको बताइएको छ । पसल चोरी भएको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

वि.सं.२०७५ माघ ६ आइतवार ०९:४६ मा प्रकाशित

सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु

सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु

काठमाडौँ । सिंहदरबारमा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ...

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकामा व्यवसायिक मौरी पालन सम्वन्धि १६...

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बागमती । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै...

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका...

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ढोरपाटन (बागलुङ) । दुई दशक अगाडि ट्रर्याक खुलेको गलकोट–ताराखोला सडक...